सोमबार तपाईको राशीफल

आज २०७८ साल मंसिर महिनाको ६ गते सोमबार, मंसिर कृष्णपक्षको तृतीया तिथि रहेको छ ।
मेष
दुविधात्मक सोच भएको व्यक्तित्व हुने छ । मनोबल कमजोर हुने छ । मनमा दुविधाका मात्राहरु असाध्यै धेरै आउने हुँदा निर्णय क्षमतामा अन्योलता आउने छ । पैतृक सम्पत्तिका कारण केही राहत मिल्न जाने छ । पेशागत जीवनमा कठिनाईहरुको सामना गर्नु भएकाले सतर्कतासहित अघि बढ्नु उपयुक्त हुने छ ।
वृष
आम्दानीमा बृद्धि हुने छ । मनले चाहेका इच्छा आकांक्षा तथा सपनाहरु पुरा हुने तर्फ जाने छन् । पेशागत जीवन स्थिर हुने छ भने पेशागत जीवनमा पनि उन्नति प्रगति हुने छन् । बोलीमा भने कडापन देखा पर्ने भएकाले संयमित रहनु होला । उत्साह र उमङ्गको लहर आउने छ ।
मिथुन
भाग्यको साथ रहेको छ । तर पेशागत जीवनमा केही अस्थिरताको भने सामना गर्नु पर्ने हुन्छ । भित्रि बुद्धिको तिब्रता बढ्न पुग्दा चलाख खालको व्यक्तित्व हुने छ । पेशागत जीवनमा जुध्नु पर्ने र आरोप प्रत्यारोप खेप्नु पर्ने अवस्था आउँछ । साझेदारीमा गरिएका कामहरुमा अवरोधहरु देखा पर्ने छन् । बौद्धिकताको मात्रामा बृद्धि हुने छ ।
कर्कट
कडा खाले व्यक्तित्व हुने र रिस धेरै उठ्ने भएकाले संयमित रहनु होला । आम्दानीमा बृद्धि हुने छ तर पेशागत जीवन औसतमा ठिक नै रहने भए तापनि केही सतर्कताहरुको भने आवश्यकता देखिन्छ । परिवारमा द्वन्दात्मक अवस्था आउने भएकाले नरम भावबाट अघि बढेमा लाभ मिल्ने छ ।
सिंह
उच्च दृढता भएको व्यक्तित्व हुने छ । तर रिस भने बढि उठ्ने खालको व्यक्तित्व देखा पर्ने भएकाले यस विषयमा संयमित रहनु होला । धन सम्पत्तिमा बृद्धि हुने छ । पैतृक सम्पत्तिको प्रयोग वा उपलब्धताले निकै साथ दिने छ । पेशागत जीवन औसत अवस्थामा केही चुनौतिपूर्ण तर्फ देखिने छ । साझेदारीमा गरिएका कामहरुमा केही समस्याहरु देखिन जाने छ ।
कन्या
बोलीमा आउने सकारात्मक प्रभावले पेशागत जीवनमा देखा पर्ने अस्थिरतालाई सँहाल्न ठुलो मद्धत गर्ने छ । व्यक्तित्वमा गिरावट आउने छ । आम्दानीमा भने केही बृद्धि देखा पर्ने छ । पेशागत जीवनमा अस्थिरताका क्रम देखिन जाने छ । भाग्यहिनताको आभाष मनमा आउने छ । साझेदारीमा गरिएका कामहरु सकारात्मक रहने छन् ।
तुला
मनमा दुविधाका क्रम एकपछि अर्काे गरि देखा पर्ने छ । जसका कारण कार्यहरु अघि बढाउँदा के गरौँ र कसो गरौ भन्ने अन्योलता निरन्तर देखा परि रहने छ । पेशागत जीवनमा सफलता प्राप्त हुने छ । गरेका कामको कदर हुने छ । साझेदारीमा गरिएका काममा केही सतर्कता अपनाउनु होला ।
वृश्चिक
बोलीको प्रभाव घटेर जाने भएकाले संयमित भएर बोलीको प्रयोगमा ध्यान दिनु होला । व्यवस्थापन खुबीमा गिरावट देखा पर्ने छ । मनमा हल्का नकारात्मक विचारहरुको श्रृङ्खलाले देखा पर्न जाँदा उदासिनताको मात्रा बढ्ने छ । पेशागत जीवन स्थिर रहने छ तर आम्दानीमा भने गिरावट रहने छ ।
धनु
बाठो व्यक्तित्व हुने छ । तर मनोबल भने कमजोर खालको हुन जाने भएकाले आफ्ना प्रतिष्पर्धीहरुसँग जुध्न भने दृढताको अभाव हुने छ । बौद्धिक र राजसी खालको व्यक्तित्व हुने छ । प्रतिष्पर्धीहरुको अभिव्यक्ति तथा भनाईबाट मनमा खिन्नता देखा पर्ने भएकाले दृढटा विकासमा ध्यान दिनुहोला । पेशागत जीवनमा स–साना विषयले उल्झन बढाउने छन् ।
मकर
प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । बोलीको प्रभावकारीताका कारण आम्दानी तथा लक्ष्य प्राप्तिमा ठुलो मद्धत मिल्ने छ । साझेदारीमा गरिएका कामबाट प्रतिफल प्राप्त हुने छ । तर पेशागत जीवनमा केही आरोप प्रत्यारोप तथा द्वन्दको सामना गर्नु पर्ने अवस्था आउन जाने छ ।
कुम्भ
पारीवारिक जीवनमा मिलन हुने छ । तर बोलीमा कडापन देखा पर्ने भएकाले बोली नरम बनाउनेतर्फ प्रयास गर्दा राम्रो हुने छ । पेशागत जीवनमा शुभता बृद्धि हुने छ भने स्थिरता उत्पन्न हुने छ । तर भाग्यहिनताको आभाष मनमा निरन्तर भइरहने हुँदा मनोबलको मात्रामा भने भारी गिरावट देखा पर्ने भएकाले मनोबल उच्च बनाउन प्रयास गर्नु होला ।
मीन
चलाख खालको व्यक्तित्व हुने छ । बाणिमा प्रभावकारीता बढ्न पुग्ने छ । भाग्यले साथ दिएको समय छ, जसले गर्दा आँटेका कामहरुमा सुधार आउने छ । व्यवस्थापकीय क्षमतामा पनि दक्षता बृद्धि हुने छ । पारीवारिक जीवनमा भने विवाद र चर्काचर्कीको वातावरण उत्पन्न हुने छ ।
(ज्यो. गुरु दिवाकर पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)










भ्याली पब्लिक यु–१९ बास्केटबल लिग च्याम्पियन
झापा भिरबाट लडेर एक जनाको मृत्यु
देउवा-ओलीबीच भेट
काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै
सेयर बजारमा १३ अंकको गिरावट, तीन अर्ब ५१ करोडकाे काराेबार
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया