आज कुन राशीको दिन कस्तो ?

आज २०७८ साल मंसिर महिनाको ७ गते मंगलबार, मंसिर कृष्णपक्षको चतुर्थी तिथि । आज मंगलचौथी रहेको छ ।
मेष
दुविधात्मक सोचले गर्दा व्यक्तित्वमा पनि अन्योलता देखा पर्ने छ । निर्णय लिनका लागि असाध्यै डर लाग्ने छ । पेशागत जीवनमा सहजताको प्रतिक्षा गरि निरन्तरता दिँदै अघि बढ्ने प्रयास गर्नु नै अहिलेका लागि ठिक हुने छ । भइराखेको आम्दानीमा बृद्धि नभए पनि पैतृक सम्पत्तिका कारण केही राहत भने मिल्ने छ ।
वृष
कमाईमा बृद्धि हुँदा अलि घमण्डिपनाले सताउने छ । सुरोपनमा धेरै बृद्धि देखिने हुँदा निर्णयहरु लिनका लागि निकै उत्साह आउने छ । लिइएका लक्ष्यहरु पुरा हुने क्रममा जाने छन् । पेशागत जीवनमा सफलता प्राप्त हुने छ । कडा खालको बोली हुने भएकाले झैझगडाको भने खतरा हुने छ ।
मिथुन
बौद्धिकता दायरामा फराकिलोपना आउने छ । भाग्यले साथ दिएको छ । चलाखीपनामा पनि बृद्धि हुने छ । पेशागत जीवनमा भने चुनौतिहरुको सामना गरि अघि बढ्नु पर्ने छ । विभिन्न खाले आरोप प्रत्यारोपको सामना गर्नु पर्ने छ । परिवारमा द्वन्दहरु देखा पर्ने छ ।
कर्कट
कमाईमा बृद्धि हुने छ । यौन जीवनमा कमजोरी देखिने र आरोप खेप्नु पर्ने खतरा रहेकाले संयमित रहनु होला । पेशागत जीवनमा सुधार आउने छ । दृढ खालको व्यक्तित्व हुने छ तर त्यो कडा खाले स्वाभावको हुने छ । परिवारका सदस्यहरुमा केही सुमधुरता आउन थाल्ने छ ।
सिंह
दृढ खालको मानिस हुने भएकाले अरुलाई समेत समेटेर लैजाने क्षमता हुने छ । जोखिमपूर्ण कामहरुमा हात हाल्न मन लाग्ने छ । र केही सफलताहरु पनि प्राप्त हुने छ । आर्थिक अवस्था अनुकुल रहने छ । नेतृत्वदायी क्षमतामा निखारता आउने छ । साझेदारीका विषयहरुमा भने सचेत रही निर्णय लिनु होला ।
कन्या
आर्थिक अवस्थामा केही कठिनाईको सामना गर्नु पर्ने छ । समय संयमित रही अघि बढ्नु होला । झैझगडा र बादबिबादमा फस्ने भन्दा त्यसबाट जोगिनु नै ठुलो कुरा हुने छ । व्यक्तित्वमा गिरावट आउने छ । पेशागत जीवनमा राहतको अनुभूति हुने छ । सकारात्मक बोलीको शैलीले गर्दा आफ्ना अनुयायीहरुको विश्वास भने बढ्ने छ ।
तुला
सामाजिक रुपमा कदर प्राप्त हुने छ । परिवारका सदस्यहरुले विश्वास गर्ने छन् । पेशा व्यावसायमा सन्तोष मिल्ने छ । निन्द्रामा समस्या देखिँदा मानसिक दबाब उत्पन्न हुने छ । मनमा दुविधाको चक्रले घेर्ने छ । सवारीसाधन सम्बन्धि विषयमा सतर्क रही यात्रा गर्नु होला ।
वृश्चिक
बाणिको प्रभाव न्युन हुँदै जाने भएकाले यसको संवेदनशिलताबारे ध्यान दिनुहोला । उदासिन व्यक्तित्वले गर्दा अरुले पनि विश्वास गर्न कठिन मान्ने छन् । जीवनसाथिको साथका कारण जीवनका कठिन क्षणहरुमा पनि मद्धत मिल्ने छ । पेशागत जीवनमा सृजनशिलताको अभाव हुने छ । कमाईमा गिरावट आउने छ ।
धनु
अरुको आत्मसम्मानलाई त्यत्ति ख्याल नगर्ने सोचको व्यक्तित्व हुँदा अरुले निष्ठुर भनि बुझ्ने छन् । शौखिन खालको व्यक्तित्व हुने भएकाले पैसा धेरै खर्च गर्न मन लाग्ने छ । चलाख खालको सोचाइमा भने विकास हुने छ । भित्रि मनमा भने लद्युताभाषको भाषले सताउने छ । पेशागत जीवनमा उल्झनहरुको सामना गर्नु पर्ने छ ।
मकर
बोलीमा कटुताको बृद्धि हुँदा अरु मानिसहरुले त्यत्ति प्रिय मान्ने छैन् । आफुलाई बढि मुल्यांकन गर्ने र अरुलाई कम मुल्यांकन गर्ने स्वाभाव हुने छ । पेशागत जीवन सम्मुनत नबने पनि निरन्तर रहने छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुँदा अरुले हेप्न सक्ने छैनन् । यात्रामा सुमधुरता आउने छ ।
कुम्भ
भगवानमाथि विश्वास गर्ने मात्रामा बृद्धि हुने छ । सुख दुःखमा पनि सकारात्मक सोच राख्ने व्यक्तित्व बन्ने छ । परिवारमा सुमधुरताको आभाष रहने छ । पेशागत जीवनमा नयाँ नयाँ क्षेत्रको विश्वास आर्जन गर्न सकिने छ । आर्थिक अवस्था अपेक्षाकृत शुभ रहने छ । नयाँ नयाँ मानिसहरुसँग भेटघाट हुने र सहकार्य गर्ने अवसर मिल्ने छ ।
मीन
बाध्यात्मक कदमका कारण आफैले गरेका बाचा र बचनहरु पुरा गर्न निकै कठिन हुने छ । अविश्वासिलो मानिसका रुपमा अरुले चित्रण गर्ने छन् । नयाँ नयाँ सामान खरिद गर्ने समय रहेको छ । व्यक्तित्व भने चलाख खालको नै रहने छ । यात्रामा मन रम्ने छ । मित्रहरुका बीचमा प्रोत्साहन मिल्ने छ । पारीवारिक जीवनमा कठिनाईहरुको अवस्थाबाट गुज्रनु पर्ने छ ।
(ज्यो. गुरु दिवाकर पन्त – ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)











राप्रपाको जनजागरणसभा पुस १२ गते झापामा हुने
नेप्सेमा सामान्य अंकको सुधार
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया