नायिका प्रियंका चोपडाले इन्स्टाग्रामबाट हटाइन पतिको थर
मेरोन्यूज
२०७८ मंसिर ७ गते १०:१२

काठमाडौँ । बलिउड नायिका प्रियंका चोपडाले र हलिउड गायक निक जोन्सनबीच विवाह भएको आगामी डिसेम्बर १ गते तीन वर्ष पूरा हुँदै छ । तर, यसअघि नै प्रियंकाले आफ्ना फ्यानलाई छक्क पारिदिएकी छन् ।
उनले आफ्नो इन्स्टाग्राम ह्याण्डलबा जोन्स उपनाम हटाएकी छन् । यो कदमले उनका फ्यान अलमलमा परेका छन् ।
प्रियंकाले यसबारे कुनै प्रतिक्रिया भने दिइसकेकी छैनन् । तर, उनले किन नाम परिवर्तन गरे भन्ने विषयमा प्रश्न उठेको छ ।
सम्बन्धित
प्रतिक्रिया