काठमाडौं ८ मा सिंह निकट श्रेष्ठ बने क्षेत्रीय सभापति

काठमाडौं । नेपाली कांग्रेसको प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ८ मा राजेश श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ प्रकाशमान सिंह निकट हुन् । गएराति आएको नतिजामा श्रेष्ठले ११९ मत ल्याएका हुन् । उनका प्रतिद्धन्द्धी तेविन्द्र शाक्य पराजीत बने।
शाक्यले जम्मा ४९ मत मात्रै पाएका छन् । श्रेष्ठ र शाक्य दुवै जना कांग्रेस पूर्व महामन्त्री प्रकाशमान सिंह निकट हुन् ।
तर शाक्यले भने यसपटक सिंहको समर्थन पाएनन् ।
सो क्षेत्रमा क्षेत्रीय सचिवका लागि भएको निर्वाचनमा पनि श्रेष्ठ प्यालनकै पुष्करराज पाण्डे र शंकर पुडासैनीले क्रमस १३९ र ९८ मत प्राप्त गर्दै विजयी भएका छन् ।
कार्यसमिति सदस्यमा नै कन्चना नेपाली, केदारमान सिंह, गौतम शाक्य, बालमुकुन्द श्रेष्ठ, देउका केसी ,भगवत्ती थपलिया, रत्नकेशरी खड्गी, सुभेष झा, मिनबहादुर चौहान, राजेन्द्रगोपाल तण्डुकार र सन्जेशमान डंगोल निर्वाचित भएका छन् ।








र्यापर स्यामुएद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार
जेन–जी आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्वलन
बुधबारदेखि सरकारले तीन महिना ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने
एमालेमा युवा नेत्री केन्द्रीय सदस्यका दावेदार
जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड
एनपिएलः लिग चरणको अन्तिम खेल हुँदै
जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली
जनार्दन शर्मालाई गृहजिल्लामै कालो झण्डा
प्रतिक्रिया