ड्यूटी सकिएको भन्दै पाइलटले गरे रुकुम जाने जहाज नेपालगञ्जमै अवतरण
मेरोन्यूज
२०७८ मंसिर ७ गते १४:१५

काठमाडौं । रुकुमका लागि उडेको नेपाल एयरलाइन्सको ट्वीनअटर बिमान नेपालगञ्जमा रोकिएपछि यात्रुहरु अलपत्र परेका छन् । उक्त विमानका पाइलट पेम्बा शेर्पाले ड्यूटी सकिएको भन्दै नेपालगञ्जमा अवतरण गराएका थिए ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंबाट नेपाल एयरलाइन्सको ट्वीनअटर विमान रुकुमको चौरजहारी विमानस्थलका लागि उडेको थियो । जहाजमा ८ जना यात्रुले यात्रा गरिरहेका थिए । यात्रुहरु चाडै रुकम आइपुगेको सोचेपनि जहाजबाट बाहिर निस्कदा नेपालगञ्ज भएको थाहा पाएका थिए ।
नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले यात्रुलाई बीचमा नै छाडिएको भन्ने जानकारी पाएको बताए । उनले यात्रुले दुःख पाएको विषयमा नेपाल वायुसेवा निगमले अध्ययन गर्ने र यात्रुलाई क्षतिपूर्ती दिने जनाएका छन् ।
सम्बन्धित








र्यापर स्यामुएद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार
जेन–जी आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्वलन
बुधबारदेखि सरकारले तीन महिना ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने
एमालेमा युवा नेत्री केन्द्रीय सदस्यका दावेदार
जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड
एनपिएलः लिग चरणको अन्तिम खेल हुँदै
जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली
जनार्दन शर्मालाई गृहजिल्लामै कालो झण्डा
प्रतिक्रिया