ड्यूटी सकिएको भन्दै पाइलटले गरे रुकुम जाने जहाज नेपालगञ्जमै अवतरण
मेरोन्यूज
२०७८ मंसिर ७ गते १४:१५

काठमाडौं । रुकुमका लागि उडेको नेपाल एयरलाइन्सको ट्वीनअटर बिमान नेपालगञ्जमा रोकिएपछि यात्रुहरु अलपत्र परेका छन् । उक्त विमानका पाइलट पेम्बा शेर्पाले ड्यूटी सकिएको भन्दै नेपालगञ्जमा अवतरण गराएका थिए ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंबाट नेपाल एयरलाइन्सको ट्वीनअटर विमान रुकुमको चौरजहारी विमानस्थलका लागि उडेको थियो । जहाजमा ८ जना यात्रुले यात्रा गरिरहेका थिए । यात्रुहरु चाडै रुकम आइपुगेको सोचेपनि जहाजबाट बाहिर निस्कदा नेपालगञ्ज भएको थाहा पाएका थिए ।
नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले यात्रुलाई बीचमा नै छाडिएको भन्ने जानकारी पाएको बताए । उनले यात्रुले दुःख पाएको विषयमा नेपाल वायुसेवा निगमले अध्ययन गर्ने र यात्रुलाई क्षतिपूर्ती दिने जनाएका छन् ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया