प्रधानन्यायाधीशविरुद्ध बारसहित पेशागत संगठनले वृहत मार्चपास गर्ने
संयुक्त मार्चापासको तयारी बारे पेशागत संघ संगठनले संयुक्त बक्तब्य दिने तयारी, आजै साँझ सम्म वक्तब्य आउने

काठमाडौं । नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासंघ लगायत विभिन्न पेशागत संघ/ संगठन र नागरिक समाजसहितको सहभागितामा बिहीबार सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास हुने भएको छ ।
प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर जबराको आचरण, न्यायिक क्षमता र नेतृत्वमाथि गम्भीर आक्षेपका साथ न्यायाधीश तथा अधिवक्ताहरू एकसाथ आन्दोलित हुनुपरेको परिस्थितिको जटिलतालाई बेवास्ता गरेर गठबन्धन सरकारले जबराको निरन्तरतामा आफ्नो मिलेमतो रहेको छर्लंग्याएको भन्दै देशमा न्याय-शून्यता सिर्जना गरिदिएको कारणले सर्वाेच्च देखि बालुवाटारसम्म बालुवाटार न्याय मार्चको आह्वान पेशागत संघ/ संगठनहरुले गरेका हुन् ।
बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठका अनुसार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध हुने उक्त मार्चपासमा सबै पेसागत संगठनका साथै सर्वसाधारणको पनि सहभागिता रहने छ ।
श्रेष्ठले मंसिर ९ गते दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने जानकारी दिए । नागरिक समाजका सदस्यसहित ९ गते २ बजे बालुवाटारसम्म मार्च पास गरिनेछ । जनताका लागि न्याय चाहिएकाले जनता उठ्नुपर्ने भएको छ, उनले भने ।
२०६२/६३ सालमा शान्ति र लोकतन्त्रका लागि पेशागत संघ/ संगठनहरुको सन्जाल (पापड) जन्माएर पेशागत संघ संगठनहरुले आन्दोलन गरेका थिए । त्यसपछि मात्र राजनीतिक दलहरु आन्दोलनमा आएका थिए ।
त्यसयता निष्किय जस्तै रहेको पापडलाई फेरि ब्यूताएर पेशागत संघ संगठन र यसपटक नागरिक समाजसम्मलाई जोडेर संयुक्त मार्चापासको तयारी भएको हो । त्यसका लागि नेपाल पत्रकार महासंघको अगुवाईमा पापड सम्वद्द संघ संगठनको वैठक शुरुमा महासंघकै केन्द्रीय कार्यालयमा बसेको थियो । त्यसपछि थप दुई चरणमा बसेको वैठकले मार्चपासको कार्यक्रम तय गरेको हो । आज साँझ सम्म वालुवाटार मार्चपास आ्रहवान कर्ता संघ सस्स्थाको संयुक्त अपिल सार्वजनिक गर्ने तयारी भएको छ ।
बालुवाटारमा नै धेरै कुरा तय हुने र प्रधानन्यायाधीश जबरा लुकेर सर्वोच्च आइरहेकाले त्यसलाई रोक्न मार्च गर्नुपरेको अध्यक्ष श्रेष्ठको भनाइ थियो ।
प्रधानन्यायाधीशका रूपमा जबराको नेतृत्व, न्याय सम्पादन र न्याय प्रशासन सञ्चालनले न्यायपालिकाको प्रतिष्ठा गिराएको महसुस गरी सुधारका लागि सुझाव दिने सहकर्मी न्यायाधीशहरूको बेवास्ता मात्र गरेन, नेपाल बारको शान्तिपूर्ण धर्नालाई दबाउन सर्वोच्च अदालतभित्र समेत हतियारधारी दंगा–प्रहरी परिचालन गर्दै युद्धग्रस्त क्षेत्रजस्तै बनाएको भन्दै पेशागत संघ संगठनले राजनीतिक–प्रशासनिक आडमा ठूलो संख्यामा तैनाथ प्रहरीद्वारा अत्यधिक बल प्रयोग गरिएको , छानी–छानी धर्नारतलाई निशाना साँधिएको, बार भवनमा भिजिलान्तेहरू घुसपैठ गराउँदै त्रासको वातावरण बनाइएको र जनताको आस्थाको केन्द्र बनिरहनुपर्ने एउटा सर्वोच्च संस्थाको साख सकिने गरी मानमर्दन गरिएकोले पनि पेशाकर्मीहरु वालुवाटार मार्चपासमा उत्रनु परेको पेशागत संघ संगठनका नेताहरुले बताएका छन् ।

















European gas prices jump 45% after Qatar halts LNG output
भाेट हाल्न धमाधम गाउँ जाँदै सर्वसाधारण (तस्बिरहरु)
वीरगञ्ज नाका हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात
मिथिला माध्यमिकी परिक्रमा सम्पन्न
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
किमद्वारा छोरीलाइ राइफल उपहार, छोरी फेरि केन्द्रमा
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
प्रतिक्रिया