मैले उम्मेदवारी दिइसकेको छैन, महासचिवमा कसैलाई अगाडि सारिएको छैन : ओली (भिडियोसहित)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर १० देखि शुरु हुन लागेको पार्टीको १० औं महाधिवेशनमा आफुले अध्यक्षमा उम्मेदवारी घोषणा गरिनसकेको बताएका छन् । पार्टीको महाधिवेशनको पूर्वसन्ध्यामा सम्पादकहरुसगको कुराकानीका क्रममा अध्यक्ष ओलीले त्यस्तो बताएका हुन् ।
ओलीले समझदारी, सहमति र एकता पार्टीमा महत्वपूर्ण भएको भन्दै आफुले अहिले नै उम्मेदवारी घोषणा गरिनसकेको बताएका हुन् । तर उनले यसो गरिरहँदा लोकतान्त्रिक अभ्यासलाई नजरअन्दाज नगर्ने पनि बताए ।
ओली नै एमालेमा अध्यक्ष हुदैछन् । तर उनले सर्वसम्मत अध्यक्ष बन्ने योजना बनाईरहेका बेला पार्टीकै उपाध्यक्ष भीम रावलले अध्यक्षमा उममेदवारी घोषणा गरिसकेका छन् । ओलीले रावलको उम्मेदवारीलाई आफुले चुनौति नठानेको पनि वताए ।
भिडियाेः
त्यसलाई उनले आफूप्रति माया र सम्मान नै रावलले देखाएको बताए । ओलीले प्रतिस्पर्धाको लागि सबैलाई छुट भएको भन्दै कसैलाई करकाप नगर्ने बताएकार प्रतिस्पर्धीकै बीचमा सहमति भएर नेतृत्व छानिने बताए ।
उनले पार्टीको अवको महासचिवका बारेमा आफुले कसैलाई पनि अहिले अगाडी नसारेको पनि प्रष्टाए । महासचिव र वरिष्ठ उपाध्यक्षमा ओललिे कसलाई अगाडी सार्लान् भन्ने चर्चा चलिरहेका बेला पत्रकारहरुको जिज्ञासामा ओलीले महासचिवमा आफुले कसैलाई पनि अगाडी नसारेको बताए । ‘महासचिवमा अगाडि कसैलाई मन पराएको छैन । जो छानिन्छ उसैलाई मन पराउछु । सहमति हुन्छ भने राम्रो, हुदैन भने कसैलाई करकाप गर्दिन । कसैको अवसरमा भाँजो हाल्दिन । मेरो नजरमा सबै नेता उस्तै हुन् ।’ ओलीले भने ।
















कबुलियत गराएर वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया फेरि सञ्चालनमा
FNCCI new leadership assumes office
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु
SAARC Secretary General pays courtesy call on Minister Khanal
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया