देशभर थप ३५१ जनामा कोरोना संक्रमण, नौ जनाको मृत्यु
काठमाडौं उपत्यकामा १४४ संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरीका विभिन्न प्रयोगशालामा १० हजार १७४ जनाको नमूना परीक्षण गर्दा ३५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । योसहित कोरोना संक्रमण पुष्टी भई मृत्यु भएका कुल ११ हजार ५०९ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा देशभरबाट २७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित हालसम्म ८ लाख ८९० जना कोरोनामुक्त भएको मन्त्रालयले राखेको अध्यावधिक विवरणमा उल्लेख छ ।
उक्त विवरणअनुसार हाल देशभर ७ हजार ३ सय जना कोरोनाका सक्रिय संक्रमित छन् ।
यसैबीच, काठमाडौं उपत्यकामा मंगलबार १ सय ४४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १०५, ललितपुरमा ३० र भक्तपुरमा ९ संक्रमित हन् ।
मन्त्रालयकाअनुसार काठमाडौंमा ५९०, भक्तपुरमा ४६७ र ललितपुरमा ५५० गरी हाल काठमाडौं उपत्यकामा १६०७ सक्रिय संक्रमित छन् ।















आज (शुक्रबार) का लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया