नेपालमा थप ३३२ जनामा कोरोना संक्रमण, चार जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ३३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ९ हजार ९२० जनाको कोरोना परीक्षण गर्दा ३३२ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
७ हजार ५९० जनाको पिसिआर परीक्षण र २३३० जनाको एन्टिजेन परीक्षण गरिएको थियो । मन्त्रालयकाअनुसार नेपालमा हाल ७ हजार ३६९ जना कोरोनाका सक्रिय संक्रमित छन् ।
यस्तै, कोरोना संक्रमण पुष्टी भएका थप चार जनाको पछिल्लो २४ घण्टाको अवधिमा मृत्यु भएको पनि मन्त्रालयले पुष्टी गरेको छ ।
योसँगै कोरोना संक्रमण पुष्टी भई मृत्यु हुनेको संख्या ११ हजार ४९३ पुगेको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा २३२ जना कोरोना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ ।
यसैबीच, काठमाडौंमा १४४, ललितपुरमा २६ र भक्तपुरमा ११ जना गरी काठमाडौं उपत्यकामा बुधबार १८१ जना संक्रमित थपिएका छन् ।















घुस लिएको आरोपमा सई दिनेश राउतविरुद्ध मुद्दा दायर
तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया