सूर्तिजन्य पदार्थको सेवन गर्ने अधिकांशलाई हृदयघात
दुई अर्ब रुपैयाँ नेपालीले चुरोटको धुँवामा उडाएः महानिर्देशक सिंह

काठमाडौं । नसर्ने रोगको प्रकोप भयावह रुपमा बढदै गएको यसलाई रोकथाम गर्नका लागि पनि सुर्तिजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्नुपर्नेमा विज्ञरुले जोड दिएका छन् ।
बुधबार स्वास्थ्य पत्रकार मञ्च नेपाल, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, एक्सन नेपाल, एपीक्याट र द युनियनको सयुक्त आयोजनामा भएको ‘सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन’ सम्बन्धी बहुपक्षीय पैरवी बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सूर्तीजन्य पदार्थको सेवनको रोकथाम र नियन्त्रणमा पहल गरिने बताएका छन् ।
सूर्तिजन्य पदार्थ सेवन गर्ने बिरामीलाई चिकित्सक तथा स्वास्थ्यकर्मीले कुनै डर सिर्जना गरेर भएपनि यसको सेवनलाई निरुत्साहित गर्नुपर्नेमा मन्त्री खतिवडाले जोड दिए । नेपालमा वर्सेनि २४ हजार ४ सय जनाको सुर्तिजन्य पदार्थको सेवनबाट मृत्यु हुने गरेको स्वास्थ्य ततथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।
स्वास्थ्य सचिव डा रोशन पोखरेलले नसर्ने रोगको प्रकोप भयावह रुपमा बढदै गएको देखिएको हुँदा यसलाई रोकथाम गर्नका लागि पनि सुर्तिजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्नुपर्ने बताए ।
एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले नेपाल सूर्तिजन्य पदार्थमा सबैभन्दा कम कर लगाउने दक्षिण एसियामै पहिलो भएको र कम करका कारण सूर्तिजन्य पदार्थको मूल्य सस्तो भएको र आम गरीव जनतामा यसको प्रयोगदर उच्च भएको बताए । उनले डव्लुएचओ एफसीटीसीको पक्षराष्ट्र भएको मुलुकले कानून सोही अनुसार नै बनाएपनि कार्यान्वयन तह फितलो भएको बताए ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले सूर्तीजन्य पदार्थको रोकथाम र नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारीको विशेष पहलमा सूर्तीजन्य पदार्थ नियन्त्रण गर्न बनेका ऐन, कानूनलाई कडाइका साथ लागू गर्ने बताए । उनले मासिक रुपमा कम्तीमा दुई अर्ब रुपैयाँ नेपालीले चुरोटको धुवामा उडाउने गरेको बताउँदै त्यो भन्दा बढी मानवीय क्षति पु¥याउने जानकारी दिए ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले सूर्तीजन्य सेवनबाट बर्सेनि हजारौँ मानिसको अकालमा नै मृत्यु हुने गरेको बताए । उनले कोभिड भएका र चुरोट सेवन गर्नेमा जटिलता बढी हुने कुरा अनुसन्धानबाट पुष्टि भइसकेको भन्दै यसले गर्ने हानीकाबारेमा व्यापक रुपमा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए ।
शहीद गङ्गालाल हृदय केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारीले सूर्तीजन्य पदार्थको सेवनबाट धेरै नै मानिसलाई हृदयघात हुने गरेको बताए । उनका अनुसार हृदयघात हुने सबैभन्दा बढी सूर्तीजन्य पदार्थको सेवन गरेको युवा रहेको जानकारी दिए ।
उनका अनुसार सबैभन्दा बढी हृदयघाट चुरोट सेवनबाट हुने गरेको छ । चुरोटको सेवनमा युवा मात्र नभई युवतीहरुको संख्या बढ्दै गएकोमा चिन्ता व्यक्त गरे ।
‘चुरोटको सेवन गर्ने महिलामा पुरुषको तुलनामा झनै बढी जोखिम हुने हुन्छ,’ उनले भने ‘चुरोट सेवन गर्ने पुरुषमा हृदयघात हुने सम्भावना ८ गुणा बढी हुन्छ भने महिलामा त्यो भन्दा धेरै १३ गुणा बढी हृदयघातको सम्भावना हुने विभिन्न अध्ययनहरुले देखाएको छ ।’
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया