कांग्रेस दाङ : तीनवटै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक

दाङ् । दाङमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चयनका लागि तीन वटै निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । दाङ क्षेत्र नं १ को सभापतिमा भेषराज पाण्डे निर्वाचित भएका छन् । पाण्डेले ४२२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी सर्वजीत डिसीले २५७ मत प्राप्त गरे ।
क्षेत्र नं २ मा ३६६ मतसहित भीमप्रकाश खड्का विजयी हुनुभएको छ । उनका निकटतम प्रतिद्वन्द्वी चित्रबहादुर डाँगी(निर्मल)ले २६६ मत प्राप्त गरे । सचिव पदमा आरके शीतल र डाँगी प्यानलका हिमबहादुर डाँगीले समान ३२१ मत प्राप्त गरी विजयी भए ।
त्यस्तै सहसचिव पदमा रमेशकुमार पाण्डे ४०२ र रञ्जित श्रेष्ठ ३३९ मत प्राप्त गरी निर्वाचित भए ।
क्षेत्र नं ३ मा ४३८ मत प्राप्त गरेर जगतबहादुर खड्का निर्वाचित भए । उनका प्रतिद्वन्द्वी सुरेन्द्रबहादुर खड्काले ३११ मत प्राप्त गरे ।
यस्तै सभापतिका अर्का उम्मेदवार किरण शाहले ६८ मत प्राप्त गर्नुभयो । सो क्षेत्रमा सचिवमा पूर्णबहादुर खत्री र शोभाकर सापकोटा निर्वाचित तथा सहसचिवमा डेफुलाल चौधरी र भीमकान्त भट्टराई निर्वाचित भएका छन् । (रासस)
















युद्धविराम लम्बिँदा तनाव यथावत्
विश्व मातृ पृथ्वी दिवसः दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान
आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
प्रतिक्रिया