नेतृत्व चयनमा सहमतिकै प्रयास जारी : नेता बादल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनका लागि नेता रामबहादुर थापा ‘बादल’ चितवन पुगेका छन् । पार्टीको १० औँ महाधिवेशनको मूल आयोजक कमिटीका संयोजक बादल आज बिहान भरतपुर विमानस्थल पुगेका हुन् ।
विमानस्थल पुगेका नेता बादलले पत्रकारहरूसँग कुरा गर्दै महाधिवेशनको तयारी पूरा भएको जानकारी दिए । ‘महाधिवेशनको तयारी करिब सम्पन्न भइसकेको छ, भोलिदेखि महाधिवेशन सुरु हुने भएको छ,’ उनले भने । पत्रकारसँग कुरा गर्दै उनले आफ्नो उम्मेदवारीबारे कुनै टुंगो नलागेको बताउँदै सहमतिको पर्खाइमा रहेकाे जानकारी दिए ।
उनले सहमतिबाट नै पार्टीको नेतृत्व चयन गर्न सम्भव भएको बताएका थिए । उनले भने, ‘हामीले सहमतिमै नेतृत्व तय गर्ने पक्षमा छौँ, सकेसम्म सहमतिमा नै पार्टीको नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ, सहमति भएन भने केही पदहरूमा निर्वाचन हुन सक्छ ।’
उनले आफू कुन पदमा उठ्ने भन्नेबारे कुनै तय नभएको बताए ।
















झापामा कलेज बस दुर्घटना हुँदा ४ जना घाइते
नेप्सेमा झिनो अंकको गिरावट
वीरगञ्जमा नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
वल्र्ड इकोनोमिक फोरमको ‘युनिकर्न कम्युनिटी’ मा इनड्राइभ आवद्ध
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया