नेतृत्व चयनमा सहमतिकै प्रयास जारी : नेता बादल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनका लागि नेता रामबहादुर थापा ‘बादल’ चितवन पुगेका छन् । पार्टीको १० औँ महाधिवेशनको मूल आयोजक कमिटीका संयोजक बादल आज बिहान भरतपुर विमानस्थल पुगेका हुन् ।
विमानस्थल पुगेका नेता बादलले पत्रकारहरूसँग कुरा गर्दै महाधिवेशनको तयारी पूरा भएको जानकारी दिए । ‘महाधिवेशनको तयारी करिब सम्पन्न भइसकेको छ, भोलिदेखि महाधिवेशन सुरु हुने भएको छ,’ उनले भने । पत्रकारसँग कुरा गर्दै उनले आफ्नो उम्मेदवारीबारे कुनै टुंगो नलागेको बताउँदै सहमतिको पर्खाइमा रहेकाे जानकारी दिए ।
उनले सहमतिबाट नै पार्टीको नेतृत्व चयन गर्न सम्भव भएको बताएका थिए । उनले भने, ‘हामीले सहमतिमै नेतृत्व तय गर्ने पक्षमा छौँ, सकेसम्म सहमतिमा नै पार्टीको नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ, सहमति भएन भने केही पदहरूमा निर्वाचन हुन सक्छ ।’
उनले आफू कुन पदमा उठ्ने भन्नेबारे कुनै तय नभएको बताए ।









नेप्से परिसूचकमा सामान्य अंकको गिरावट
जेनजीसँगको सम्झौता मन्त्रिपरिषदबाट अनुमोदन
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
वेवारिसे अवस्थामा मोरङबाट ९२१ किलो ६६ ग्राम गाँजा बरामद
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता
एमाले महाधिवेशनको तयारी तीव्र
एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने
फाइनलमा पुग्न विराटनगरलाई १५६ रनको लक्ष्य
प्रतिक्रिया