महिला हिंसा न्यूनीकरणमा प्रभावकारी कदम चाल्न आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले महिला हिंसा न्यूनीकरण र अन्त्यका लागि प्रभावकारी नीति तथा कार्यक्रम तथा कानूनको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ ।
आयोगले घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ र नियमावली, २०६७ को प्रभावकारी कार्यान्वयन गर्न र ती ऐन र नियमावलीलाई समयसापेक्ष संशोधन गर्नका लागि सरकारसँग आग्रह गरेको हो । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा घरेलु हिंसाको न्यूनीकरणका लागि आआफ्नो क्षेत्रबाट भूमिका खेल्न मानव अधिकारकर्मी, नागरिक समाज, घर परिवारलगायत सम्बद्ध सबै पक्षलाई अनुरोध गरिएको छ ।
‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’भन्ने नाराका साथ आजदेखि महिला हिंसाविरुद्धको १६ दिने अभियान प्रारम्भ भएको छ । यस अभियानलाई प्रभावकारी र अर्थपूर्णरुपमा मनाउन मानव अधिकारकर्मी, नागरिक समाजलगायत सरोकारवाला सबैलाई आयोगले आह्वानसमेत गरेको छ ।
विभिन्न समाचार माध्यम र आयोगमा प्राप्त महिला हिंसासम्बन्धी उजुरीका आधारमा विश्लेषण गर्दा नेपालमा महिला हिंसाका अधिकांश घटना घरभित्रै हुने र परिवारकै सदस्यको संलग्नता देखिने गरेकाले घरभित्र हुने महिला हिंसाको अन्त्य हुनसकेमा महिला हिंसाको न्यूनीकरणमा ठूलो उपलब्धि हुने देखिएको छ । आयोगले महिला हिंसाको अवस्था, स्वरुप, कारण र न्यूनीकरणका उपायलगायतका विषयमा केन्द्रित भएर अनुगमन÷अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया