पार्टीभित्रको प्रतिस्पर्धालाई आम निर्वाचनमा प्रस्तुत गर्नुहुँदैन : सहमहामन्त्री डा महत

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई आम निर्वाचनमा प्रस्तुत गर्न नहुने बताएका छन् ।
काठमाडौँ जिल्ला सभापति पदमा उपेन्द्र कार्की समूहको उम्मेदवारी घोषणासभा कार्यक्रममा उनले पार्टीको आन्तरिक जीवनमा हुने प्रतिस्पर्धा सामान्य भएको भन्दै यसलाई आम निर्वाचनमा प्रस्तुत गर्न नहुने बताएका हुन् ।
सहमहामन्त्री डा महतले आन्तरिक प्रतिस्पर्धामा असहिष्णुता हुन नहुने भन्दै एकअर्कालाई होच्याउने काम नगर्न सुझावसमेत दिए । “नेताले कमीकमजोरी गरे त्यो स्वीकार गर्ने संस्कृति बसाउनुपर्छ, जित्ने हार्ने दुवैले पार्टी, जनता र सिद्धान्त प्रमुख ठानेर काम गर्नुपर्छ, पार्टीमा व्यक्तिभन्दा विचार र संस्था महत्वपूर्ण हुन्छ”, उनले भने ।
पार्टीको १४औँ महाधिवेशनबाट पार्टी रूपान्तरण र बलियो बनाउन आवश्यक रहेको उनको भनाइ थियो । कांग्रेस काठमाडौँका सभापतिका उम्मेदवार कार्कीले कांग्रेसमा नयाँ ऊर्जा र सफलता थप्नका लागि आफूले सभापति पदमा उम्मेदवारी दिन लागेको जानकारी दिए ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेत, किरण गिरी, ध्यानगोविन्द रञ्जित, सांसद भीमसेनदास प्रधानलगायतको उपस्थिति रहेको थियो । कार्की समूहबाट उपसभापतिमा धर्म अर्याल र रामलाल श्रेष्ठ, सचिवमा सागरदास रञ्जित, सहसचिवमा लक्ष्मण गौतम र सुस्मिता प्रधानले उम्मेदवारी दिने भएका छन् ।


















कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
PM Shah to hold discussions with Chief Ministers of all provinces
अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता
इरानको विश्वकप यात्रा सुनिश्चित
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
प्रतिक्रिया