आज कुन राशीको दिन कस्तो ?
आज २०७८ साल मंसिर महिनाको १० गते शुक्रबार, मंसिर कृष्णपक्षको सप्तमी तिथि ।
मेष
प्रेममा सफलता मिल्ने छ । मधुरो बोली हुने हुँदा अरुको मन जित्न सकिने छ । रिसको मात्रा भने धेरै रहने भएकाले ध्यान दिनु होला ।आम्दानीमा केही बृद्धि देखा पर्ने छ । परिवारमा प्रेम, मिलन तथा शान्तिपूर्ण वातावरण हुने छ । परिवारका सदस्यहरुबीच सहयोगि भावमा बृद्धि हुने छ ।
वृष
चोरीको भय देखिन्छ । दाम्पत्य जीवनमा मिठासपनाको अभाव देखिएता पनि कठिन अवस्थामा एक अर्कालाई सहयोग गर्ने बानीमा भने दृढता आउने छ । भाग्यहिनताले गर्दा थालिएका कामहरु निकै ढिला गरि मात्र सफलतातर्फ जाने छन् । मनमा आउने दृढताले जस्तो सुकै काम पनि गर्न सक्छु भन्ने लाग्ने छ । पेशागत जीवनमा समस्याहरुसँग जुध्दै अघि बढ्नु पर्ने छ ।
मिथुन
सामाजिक रुपमा प्रतिष्ठा र सम्मान प्राप्त हुने छ । पारीवारिक जीवनबाट सन्तोष मिल्ने छ । बोलीमा भने कडापन देखिन जाने छ । समय सकारात्मक रहेकाले उन्नति प्रगतिका अवसरहरु प्राप्त हुने छन् । पेशा तथा ब्यवसायमा पनि सकारात्म नतिजाहरु आउने छन् । मनमा दृढता आउने भएकाले अन्योलता हट्ने छ ।
कर्कट
अदालति तथा प्रशासनिक मुद्धा मामिलामा समय खर्च हुने छ । पेशागत जीवन र ब्यवसायिक जीवनमा सकारात्मक कदमहरु चल्ने छन् । तर साझेदारीमा भए गरेका कामहरुमा भने द्वन्द देखिने भएकाले सतर्क रहनु उपयुक्त हुन्छ । मेहनत र पराक्रमी स्वाभावमा पनि बृद्धि हुने छ । व्यक्तित्वमा दृढता आउँदा बलियो खालको स्वाभाव हुने छ ।
सिंह
मनमा पश्चातापका विचारहरु धेरै आउने छन् । जीवनसाथि र परिवारका सदस्यहरुले साथ दिने हुँदा उन्नति प्रगतिका ढोका खुल्ने छन् । तर व्यक्तित्व भने अन्योल खालको हुने छ । पेशागत जीवनमा उन्नति प्रगतिका क्रमहरु प्राप्त हुने छ । तर नेतृत्व क्षमतामा आउने कमिले गर्दा आफूभन्दा तलका व्यक्तिहरुले कम आँकलन गर्ने छन् ।
कन्या
शारीरिक र मानसिक थकाईका कारण उर्जाको अभाव हुने छ । मनमा नकारात्मक विचार र भावनाले सताउँदा उत्साह र उमङ्गको कमि देखिने छ । खासगरी भविष्यका बारेमा मनमा बढि नै चिन्ता आउने छ । शरीरमा धेरै थकाई लाग्ने क्रम देखिने छ । जे जस्तो अवस्थामा पनि भाग्यको साथ रहेकाले कठिनाईहरुसँग सामना गर्न शक्ति भने प्राप्त हुने छ ।
तुला
आकस्मिक नतिजाहरुबाट मनमा प्रशन्नता छाउने छ । कर्मप्रति केन्द्रीत हुने समय रहेकोले कार्यालयका कामहरुमा तनमन लाग्ने छ ।ब्यवसायिक जीवनमा सकारात्मक परिणामहरु देखिने छ । आफ्नो काम प्रति गौरव बढ्ने छ । मनमा भने निकै उदासिनता बढ्ने भएकाले संयमित रहनु होला । निर्णय क्षमता पनि कमि देखिने छ । साझेदारीमा समस्या आउने छ ।
वृश्चिक
उत्साहि र मनमा पशन्नताका मात्रा देखिने छ । भाग्यको बलियो साथ रहेकाले आँटेका कामहरुमा राम्रो नतिजा देखिने छ । खासगरी आर्थिक लक्ष्यहरु प्राप्त हुने छन् । आम्दानीमा बृद्धि हुने छ । पेशागत जीवनमा भने केही समस्याहरुसँग जुध्नु पर्ने छ । साझेदारीमा गरिएका कामहरुमा पनि द्वन्दात्मक अवस्थाबाट गुज्रनु पर्ने छ ।
धनु
भोज भतेर तथा पार्टीहरुमा सहभागि हुन पाइने छ । बौद्धिक खालको व्यक्तित्व हुँदा बोलेका कुरामा अरुले छिट्टै विश्वास गर्ने छन् । आम्दानीमा केही बढोत्तरी हुँदा मनोबलमा भने बृद्धि हुने छ । मनमा भने अनावश्यक चिन्ताले सताउँदा उदासिनता देखिने छ । व्यापार विजनेशमा रहेकाहरुको हकमा आफ्नो उद्योग प्रतिष्ठानमा श्रम सम्बन्धि समस्याले गिजोल्ने छ ।
मकर
मित्र मिलन हुने छ । आन्तरिक भित्रि बुद्धि सक्रिय हुने भएकाले समस्याहरुबाट पार पाउन ठुलो मद्धत पुग्ने छ । बौद्धिक क्षेत्रमा लाग्न तिब्रता आउने छ, भने प्रगति पनि हुने छ । दुविधाले भरिएको व्यक्ति हुने हुँदा अन्योलग्रस्त छवि बन्ने छ । मेहनत धेरै तर प्रतिफल कम प्राप्त हुने छ । आम्दानीमा हुने स–सानो बृद्धिले आर्थिक क्षेत्रमा भने राहत दिनेछ ।
कुम्भ
धोकापूर्ण अवस्थाप्रति सजग रहनु नै उत्तम हुने छ । प्राप्त हुनु पर्ने पैसा वा पासटी दिएका पैसाहरु उठन कठिन हुने छ । मनमा खिन्नताले सताउने छ यसले गर्दा मनोबल पनि कमजोर हुने छ । दाम्पत्य जीवनमा कटुता आउने र बिबादका मात्रा बढ्न पुग्ने छ । साझेदारीमा गरिएका काममा साझेदारहरुबीच बादबिबादका क्रम आउने छ ।
मीन
नयाँ नयाँ ठाउँमा घुम्न पाइने छ । साथै मिठामिठा परिकार भोजनको अवसर मिल्ने छ । दम्पतिमा प्रेमका भावनाले स्थान पाउने छ । परिवारका सदस्यहरुबीच मिलन हुने छ । आन्तरिक रुपमा प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । आम्दानीमा भने सोचे जस्तो नतिजा आउने छैन् । मनमा शान्तिको क्रम बढ्न जाँदा आफैप्रति गौरव र आत्माबोध हुन जाने छ ।
(ज्यो. गुरु दिवाकर पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया