एमाले महाधिवेशनमा यी नेताहरूले गर्दैछन् सम्बोधन

काठमाडौँ । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् । पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने भएका छन् ।
उद्घाटन सत्रमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरूले सम्बोधन गर्ने भएका छन् । एमाले महाधिवेशनमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्ने भएका छन् ।
माओवादी अध्यक्ष प्रचण्ड भने एमाले महाधिवेशनमा सहभागी हुन जाने छैनन । उनको पूर्व निर्धारित कार्यक्रम तय भईसकेकोले उनी त्यहाँ जाने कार्यक्रम नरहेको माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले बताए । यो कार्यक्रममा माओवादीले शुभकामनाका लागि पार्टीका स्थायी कमिटिका एक नेतालाई पठाउने भएको छ । माओवादीले स्थायी कमिटि सदस्य लिलामणि पोखरेललाई एमाले महाधिवेशनमा पठाउने वताइएको छ ।
करिब ४ घण्टा मात्रै महाधिवेशनको उद्घाटन सत्र चल्ने छ । शुक्रबार दिउँसो साढे १२ बजेदेखि सुरु हुने उद्घाटन सत्र साढे ४ मै सक्ने योजना बनाइएको छ ।
उद्घाटन सत्रमा देशका विभिन्न स्थानबाट पुगेका नेता तथा कार्यकर्ताले जुलुस निकाल्ने कार्यक्रम रहेको छ । पार्टीको मूल जुलसमा भने केन्द्रीय स्तरमा शीर्ष नेताहरु नै सहभागी हुने भएका छन् ।


















कनकाईबाट ५६३ ग्राम खैरो हिरोइनसहित दुई पक्राउ
श्रमिक पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने
नगर विकास समितिका पूर्वअध्यक्ष रसायली पक्राउ
संसदीय समितिका नवनिर्वाचित सभापतिहरूले लिए शपथ
बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया