बारको आन्दोलनमा म जानकार छु : प्रधानमन्त्री

कठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतमा भइरहेको आन्दोलनप्रति आफू जानकार रहेको बताएका छन् । प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एसोसिएसनका पदाधिकारीहरुसँग छलफल गर्दै प्रधानमन्त्री देउवाले त्यस्तो बताएका हुन् ।
‘मैले न्यायालयमा देखिएको समस्यालाई राम्रैसँग बुझेको छु, यसबारेमा सबै राजनीतिक दलहरूसँग छलफल गरेर निष्कर्षमा पुग्नुपर्छ, गठबन्धनमा छिट्टै छलफल गर्छु’, देउवाको भनाई उदृत गर्दै बैठकमा सहभागी बारका एक पदाधिकारीले मेरोन्युजसँगको कुराकानीमा भने, ‘निकास खोज्नु पर्ने हो अब ढिला गर्नु हुन्न, म यसमा गम्भिर छु ।’
प्रधानन्यायाधीश जबराको आचरण, न्यायिक क्षमता र नेतृत्वमाथि गम्भीर आक्षेपका साथ न्यायाधीश तथा अधिवक्ताहरू एकसाथ आन्दोलित हुनु परेको परिस्थितिको जटिलतालाई बेवास्ता गरेर गठबन्धन सरकारले जबराको निरन्तरतामा आफ्नो मिलेमतो रहेको आरोपमा बारले पेशागत संघ सस्थाको समेत सहभागितामा बिहीबार मात्रै सर्वोच्चदेखि वालुवाटारसम्म न्याय मार्चको आह्वान गरेको थियो ।
बारलगायतका कानुन पेशाकर्मीहरुले तत्काल संसद बोलाई प्रधानन्यायाधीश जबरामाथि महाभियोग लगाउन र सम्बद्ध निकायमार्फत सम्पत्ति छानबिन गराउन माग गरिसकेका छन् । प्रधानमन्त्रीलाई बारका पदाधिकारीले ज्ञापनपत्र समेत बुझाएका छन् ।
















निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिलहुन्छ-अध्यक्ष ढकाल
मौसम पूर्वानुमान: आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बुधबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया