स्वास्थ्य मन्त्रालय भन्यो : दक्षिण अफ्रिकाबाट आएकाहरु क्वारेन्टिनमा राख्नु र जीन सिक्वेन्सिङ गर्नु
मेरोन्यूज
२०७८ मंसिर १० गते १३:०१

काठमाडौं । दक्षिण अफ्रिकामा कोरोना भाइरसको अहिलेसम्मकै धेरै उत्परिवर्तीत नयाँ भेरियन्ट फेला परेको छ ।
नेपालले पनि दक्षिण अफ्रिकाबाट आउनेमा कडाइ गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले दक्षिण अफ्रिकाबाट आउने नागरिकलाई क्वारेन्टिनमा राखिने, कोरोना भाइरसको सङ्क्रमण परीक्षण गरिने र जीन सिक्वेन्सिङ गरिने जानकारी दिए ।
बेलायतले ६ अफ्रिकी देशबाट यात्रामा प्रतिबन्ध लगाएको छ । थुप्रै युरोपेली मुलुकहरूले पनि नयाँ यात्रा प्रतिबन्ध लागु गर्ने तयारी गरिरहेका छन्, भने भारतले पनि दक्षिण अफ्रिका, बोत्स्वाना र हङकङबाट आउनेमा कडाइ गरेको छ ।
झन्डै ५० वटा उत्परिवर्तन भेटिएको यो नयाँ भेरियन्ट विरुद्ध खोप समेत कम प्रभावकारी हुनसक्ने भन्दै बैज्ञानिकहरु चिन्ति बनेका छन् ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया