यो हप्ता तपाईको राशीफल

आज २०७८ साल कार्तिक महिनाको ११ गते शनिबार । राशि अनुसार यो साता कस्तो रहने छ ? प्रस्तुत छ साप्ताहिक राशिफल ।
मेष
यस राशिका व्यक्तिहरुलाई यो साता सकारात्मक बन्ने छ । कार्यसफलता प्राप्त हुने छ । आँटेका कामहरु पुरा हुने तथा नतिजा दिने खालका बन्ने छन् । पेशागत जीवनमा मान मर्यादामा बृद्धि हुने छ । आम्दानीमा पनि बृद्धि देखा पर्ने छ । रिसको मात्रा भने बढ्न पुग्ने भएकाले यसबारेमा संयमित रहनु नै उपयुक्त होला । परिवारमा पनि केही तनावको अवस्था देखा पर्ने छ । विदेश यात्रामा उल्झनहरु देखा पर्न जाने छ ।
वृष
यस राशिका व्यक्तिहरुलाई यो साता औसत खालको देखा परेको छ । अघि बढाएका कामहरुमा सुधार आउने र सकारात्मक बन्ने छन् । सृजनशिल सोच र योजनाहरु आउने छन् । पेशागत जीवन औसत खालको रहने छ । आम्दानीको अवस्था पनि औसत प्रकृतिकै रहने छ । प्रेममा असफलता हात पर्ने छ । यसले गर्दा निराशा ल्याई दिने हुँदा सँहालिँदै अघि बढ्नु होला । रिस नियन्त्रणमा ध्यान दिनु पर्ने छ ।
मिथुन
यस राशिका व्यक्तिहरुलाई यो साता चुनौतिपूर्ण बन्न जाने छ । विभिन्न खाले आरोप खेप्नु पर्ने छ । पेशागत जीवनमा दोषको अवस्था आउने भएकाले संयमित रहँदै भुमिका निर्वाह गर्नु नै उपयुक्त हुने छ । व्यावसायको हकमा पनि नोक्सानी व्योहर्नु पर्ने चुनौति देखिएकाले ठिक्क जोखिम लिँदै अघि बढ्दा नै उपयुक्त हुने देखिन्छ । घर घडेरी बेच्नु पर्ने तथा वाहन सम्बन्धी विषयमा पनि समस्या उत्पन्न हुने छ ।
कर्कट
यस राशिका व्यक्तिहरुलाई यो सातामा केही सुधार देखा पर्ने छ । पेशागत जीवन पुरै सकारात्मक नबने पनि शुभ संकेत तथा नतिजाहरु देखा पर्न थाल्ने छन् । आम्दानीमा केही बृद्धि हुन थाल्ने छ । दाम्पत्य जीवनमा भने बादबिबादका मात्रा देखिने छ । बोलीको प्रभावले गर्दा अरुको विश्वास आर्जन गर्न सक्ने भएकाले अरुले पत्याउने छन् । मुद्धामामिलाको विषयमा सचेत रहनु होला ।
सिंह
यस राशिका व्यक्तिहरुलाई यो साता औसत खालको रहने छ । परिवारमा हासि खुशी तथा प्रेम बढ्ने छ । पेशागत जीवनमा थप जिम्मेबारी प्राप्त हुने छ । आम्दानीको हकमा भने औसत अवस्था रहने छ । यौन क्षेत्रमा कमजोरी देखिने भएकाले संयमित रहनु नै उत्तम उपाय रहने छ । नभए यस विषयमा विभिन्न आरोपहरु खेप्नु पर्ने छ । साथिभाइको विश्वास टुट्न जाने छ ।
कन्या
यस राशिका व्यक्तिहरुलाई यो साता सकारात्मक दिशामा जाने छ । आँटिलो खालको व्यक्तित्व बन्ने छ, जसले गर्दा अरुले हेप्न सक्ने छैनन् । विश्वासिला मित्रहरुले भने धोका खिने भएकाले निकै सतर्क रहनु होला । पेशागत जीवन ठिक्क गतिको मात्र कदम चाल्नु उपयुक्त हुने छ । बैदेशिक व्यापारमा आवद्धहरुलाई नाफाको मात्रा बढ्ने छ । प्रेममा सफलता मिल्ने छ ।
तुला
यस राशिका व्यक्तिहरुलाई यो साता औसतमा सकारात्मक प्रकृतिको रहने छ । परिवारमा हाँसिखुशी वातावरण रहने छ । परिवारका अरु सदस्यहरुले विश्वास गर्ने छन् । मनोबलले भरिएको व्यक्तित्व हुने भएकाले अरुको विश्वास छिट्टै प्राप्त हुने छ । दाम्पत्य जीवनको आड भरोषा कायम नै रहने छ । मुद्धा मामिला लाग्ने र प्रशासनिक निकायहरुमा धाउनु पर्ने जोखिम रहेकाले उच्च सतर्कतासहित पाइला भने चाल्नु होला ।
वृश्चिक
यस राशिका व्यक्तिहरुलाई यो साता चुनौतिपूर्ण रुपमा नै बित्ने छ । सामाजिक रुपमा बद्नामी वा अपमान सहनु पर्ने समय सक्रिय रहेकाले विशेष ध्यान दिनु होला । भाग्यका साथ नभएकाले मेहनत गर्दा पनि नतिजा निकै न्युन मात्र आउँदा पीडा थपिने छ । आफन्तबाट धोका हुने विषयमा सतर्क रहनु होला । आर्थिक कठिनाईको सामना गर्नु पर्दा सन्तुलन बिग्रने छ ।
धनु
यस राशिका व्यक्तिहरुलाई यो साता कठिनाईपूवर्क व्यथित गर्नु पर्ने छ । ऋणको अवस्था आउने छ । मुद्धा मामिलाका क्रम रही रहने छ । मानसिक दबाबका कारण पेशागत जीवनमा समेत असर पु¥याउने छ । सामाजिक रुपमा अपहेलनाको अवस्था आउन सक्ने भएकाले संयमित रही कदमहरु चाल्नु होला । परिवारमा भइरहेको विश्वासमा कमि आउने छ । दुःखको क्षणमा आड भरोषा भन्दा साथ छोड्ने क्रम देखा पर्ने छ ।
मकर
यस राशिका व्यक्तिहरुलाई यो साता सकारात्मक बन्ने छ । पेशागत जीवनमा छलाङ्गको अवस्था आउने छ । आर्थिक रुपमा पनि धन सम्पत्तिहरु प्राप्त हुने छन् । यसअघि गडेर बसेको धन फिर्ता हुने छ । तर परिवारमा भने कटुताको अवस्थाका कारण मानसिक खुशी र प्रेममा कमि आउने छ । जसले गर्दा जीवनप्रति नैराश्यताको अवस्था आउन सक्ने छ । सन्तानले भने साथ दिने छन् ।
कुम्भ
यस राशिका व्यक्तिहरुलाई यो साता औसत प्रकृतिको हुने छ । कार्य सफलता प्राप्त हुने छ । पेशागत जीवनमा नयाँ चरणको सफल वातावरण प्राप्त हुने छ । अपेक्षा गरेर बसेका विषयमा प्राप्ति हुने छ । पारीवारिक विश्वासमा भने कमि आउने छ । बोलीमा कडा पना आउने भएकाले यसले काम बिगार्ने छ । कडा मेहनत र परिश्रम गर्नु पर्ने छ । मनमा बेखुशीपनाका क्रमहरु देखिने छन् । आर्थिक पक्ष भने सवल नै रहने छ ।
मीन
यस राशिका व्यक्तिहरुलाई यो साता अनुकुल खालको हुने छ । व्यक्तित्वको प्रभाव बढ्ने छ । पेशागत जीवनमा पनि सन्तोष नै प्राप्त हुने छ । कमाई ठिक नै रहेता पनि खर्च भने बढ्न पुग्ने छ । धन सम्पत्ति डुब्न सक्ने खतरा देखिएकाले उच्च सतर्क रहनु होला । विभिन्न सभा सम्मेलन तथा सेमिनारहरुमा सहभागिता जनाउने अवसर मिल्ने छ । सवारीसाधनको आनन्द लिन पाइने छ । स्वास्थ्य समस्याले सताउला ।
(ज्यो. गुरु दिवाकर पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया