ओली आफूनिकट नेताहरूसँगको छलफलमै ब्यस्त, अझै शुरु भएन बन्दशत्र
दुई उपाध्यक्ष र दुई उपमहासचिव पद थपेर १९ सदस्यीय पदाधिकारी बनाउने प्रस्ताव गर्दा पनि जुटेन अझै पदाधिकारीमा सहमति

सौराह (चितवन) । नेकपा एमालेको महाधिवेशनको बन्दशत्र अझै शुरु हुन सकेको छैन । विहान १० बजेवाट शुरु हुने भनिएपनि अध्यक्ष केपी ओली आफु निकट नेताहरुसँगको छलफलमा रहेको र वेलुकी बनाएको विधान संसोधन प्रस्ताव अनुसार सहमतिको प्रयासमा जुटेपछि दुई घण्टा पछि वन्द शत्र शुरु हुने गरी मध्यान्ह १२ वजेका लागि सारिएको थियो । तर अझै पनि एमालेको वन्दशत्र शुरु हुन सकेको छैन ।
अध्यक्षमा भीम रावलले एक भोट आएपनि प्रतिस्पर्धा गर्ने बताईरहेकै छन् । वरिष्ठ उपाध्यक्ष र महासचिवमा ओली निकटका नेताहरुकै वीचमा सहमति जुटन सकेको छैन । जसकाकारण ओलीलाई अप्ठ्यारो परिरहेको छ । वरिष्ठमा उपाध्यक्षमा ईश्वर पोखरेल र सुवासचन्द्र नेम्वाङ र महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलको दाबी कायमै रहेको छ ।
बन्दसत्रस्थल होटल पार्क सफारीमा ओली अझै पनि छलफलमा छन् ।
संसदीय दलका उपनेता नेम्वाङले सहमतिको प्रयास जारी रहेको बताए । उनले सहमतिका लागि अध्यक्ष ओलीले सबैसँग छलफल गरिरहेको छन् ।
अव सहमति जुटन नसकेपछि ओली वन्दशत्र हलमा जाने तयारीमा छन् । ओली छलफलमा रहेर वन्दशत्र ढिलो हुन थालेपछि महाधिवेशन प्रतिनिधीहरु भने सौराहमा घुम्ने, फोटो सेसन गर्ने जस्ता काममा लागिरहेका छन् ।


















बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
धनुषामा पुरुषको शव फेला
होर्मुज सुरक्षामा अन्तर्राष्ट्रिय चासो
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
कञ्चनपुरमा लागुऔषध मुद्दामा ३३४ जना पक्राउ
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
प्रतिक्रिया