शुक्रबार, वैशाख ४, २०८३

बन्दसत्रमा ओलीको सम्बोधन

हतारोका साथ प्रतिस्पर्धा नगरौं, फेरि पनि पालो आउँछ

पार्टी प्रतिष्ठामा धक्का पुग्ने खालका विचार र गतिविधि कसैले पनि नराखौं, जनताले बुझ्दै नबुझी हामीलाई साथ दिएका छन् त ?

केपी शर्मा ओली , अध्यक्ष, नेकपा एमाले २०७८ मंसिर ११ गते १९:३५

मलाई ढुक्क लागेको छ । अस्ति एक ठाउँमा पनि भनेको थिए, म कति बाँच्छु थाहा छैन । म धेरैपल्ट जीर्ण स्वास्थ्यबाट, धेरै अप्रेसनहरूबाट गुज्रिएर आएको हुँ भन्न सकिन्न कति बाँचिन्छ । मानिसको जिन्दगी यसै पनि टुंगो हुँदैन, त्यसमा पनि मेरो जिन्दगी त धेरैपल्ट मरेर बाँचेर आएको, त्यत्ति साह्रो भर नहुन सक्छ ।

मलाई आज ढुक्क लागेको छ, आराम लागेको छ, आरामले खाना रुच्छ, मिठो निन्द्रा लाग्छ किनभने म तपाईँहरूलाई अगाडि देख्छु । जब म तपाईँहरूलाई अगाडि देख्छु देशको भविष्य सुरक्षित देख्छु । आन्दोलनको भविष्य सुरक्षित देख्छु, लोकतन्त्रको भविष्य सुरक्षित देख्छु । समृद्धिको यात्रा सुरक्षित देख्छु, त्यसैले ढुक्क भएर सुत्न सक्छु ।

म आफूलाई गौरवान्वित महसुस गर्छु कि अध्यक्षको रुपमा तपाईंहरुलाई लिड गर्ने मौका पाएको छु । तपाईंहरुले साथ नदिएको भए यो पार्टीको बेहाल हुने थियो । एक वर्ष पनि भएको छैन, हामीलाई पार्टीबाट लखेटिएको थियो । हाम्रो पार्टीलाई धुलोमा पछारिएको थियो । तर, यति चाँडै हामी यो स्थितिमा आइपुगेका छौं ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

०००
कम्युनिष्ट आन्दोलन रक्षात्मक रुपमा गइरहेका बेला कम्युनिष्ट पार्टीले जनमत पाएको थियो तर सुरुकै दिनबाट षड्यन्त्र सुरु गरे, हामीमाथि अनेक प्रहार भए । हाम्रोभित्रका अनेक व्यक्तिहरूलाई भड्काउने क्रियाकलाप भए । हाम्रो पार्टी श्रृंखलाबद्ध हमलाको क्रमशस् सिकार हुँदै गयो । पार्टी विभाजन गराइयो । एकीकृत भइरहेका नेताहरू आफै संलग्न भएर पार्टीभित्र विभाजनका क्रियाकलापमा लागे र पार्टी दुईपल्ट विभाजन भयो ।

०००
कसै न कसैले कुनै न कुनै जिम्मेवारी सम्हाल्नैपर्छ । तर, आफ्नो महत्वाकांक्षालाई लिएर अस्वस्थ प्रतिस्पर्धा नगरौं । प्रतिस्पर्धाले संस्थालाई नोक्सानी पुरुयाउने काम नगरौं । पार्टीको एकतामा प्रतिकुल असर पार्ने कामहरु नगरौं । फेरि पनि पालो आउँछ । हामीसँग सानो भए पनि देश छ । यत्रा पालिकाहरु छन् । प्रदेशसभा छन् । प्रतिनिधिसभा छ, राष्ट्रिय सभा छ । अनेक शाखा, टोलदेखि केन्द्रीय कमिटीसम्म विभिन्न ठाउँहरु छन् । अहिले नभए अर्को समय आउँछ । हतारोका साथ प्रतिस्पर्था नगरौं । लोकतान्त्रिक अभ्यास भनेको प्रतिस्पर्धा मात्र होइन । यतिबेला सिंगो देशले हामीलाई हेरिरहेको छ ।

पार्टीभित्र एकता मुख्य कुरा हो । प्रतिपक्षीसँग प्रतिस्पर्धा मुख्य कुरा हुन्छ । पार्टीभित्र अगाडि बढ्दा एकता मुख्य कुरा हुन्छ । पार्टीभित्र प्रतिस्पर्धा मुख्य कुरा होइन एकता मुख्य कुरा हो । यसले विपक्षीसँग लड्नका लागि बल पैदा हुन्छ । तपाईंहरू दृढतापूर्वक एकताको पक्षमा संघर्ष गर्नुहुन्नथ्यो भने आज यो महाधिवेशनमा यो हैसियतका साथ उपस्थित हुने थिएनौं । हिजो उद्घाटन सत्रमा त्यस हैसियतमा हुने कल्पना पनि गर्न सक्ने अवस्थामा थिएनौं ।

०००
एमाले कमजोर भयो, सिद्धियो । अब एमालेलाई सिध्याइयो भनेर खुसी मनाउनेहरूको खुसीलाई क्षणिक रूपमा परिवर्तन गरिदिने र उनीहरुको स्वप्न भंग गरिदिने जनसमर्थन कोसँग छ भन्ने कुरा अलिकति प्रकट गरिदिएका छौं ।

हाम्रो हाम्रो कमिकमजोरीका कारणले होइन, हाम्रा विरोधिहरुका जालझेल, षडयन्त्र र असंवैधानिक कदमका कारण हाम्रो भूमिका परिवर्तित भएको छ । गम्भीर चुनौतिहरु थपिएका छन् । प्रतिक्रियावादी षडयन्त्रका कारण हामी यस ठाउँमा पुगेका हौं ।

अग्रगामी परिवर्तन, विकास, सुशासन, स्वच्छता, पारदर्शिताको लागि यस आन्दोलनलाई सही ढंगले अगाडि बढाउन यो महाधिवेशले नेतृत्व निर्माण गर्नुपर्छ जसले यी अभिभाराहरू एकताबद्ध भएर, अनुशासित पार्टी एकताबद्ध भएर चुनौतीको सामना गर्न सकोस् । विकृति, विसंगति र पथभ्रष्टतालाई निमिट्यान्न पार्न सकोस् ।

स्वतन्त्र न्यायालयको दुरुपयोग हुन थाल्यो भने, राज्यका अन्य अंगहरू दुरुपयोग हुन थाल्यो भने विकृत हुन्छन् र तिनले पहिले प्रक्रियागत हिसाबले अशक्त र असफल हुन्छ । त्यसको प्रभाव लोकतान्त्रिक प्रणालीमा पर्छ ।

०००
नेपाली काँग्रेसका तत्कालीन सभापति मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्री भएर भारत जाँदा नेपालको उत्तरको सिमानामा १७ वटा चेकपोस्ट राख्ने सम्झौता गरेर हाम्रो राष्ट्रियता, हाम्रो स्वाभिमानमाथि हमला गरी फर्किए ।
हाम्रो पार्टीले त्यसका विरुद्ध सङ्घर्ष गर्यो । हामीले राष्ट्रियता र पूर्ण लोकतन्त्रको पक्षमा सुरुदेखि कसरी उभियो भन्ने कमरेडलाई सुनाउन खोजेको हुँ ।

हामी ००७ सालमा राणा शाहीविरुद्ध आन्दोलन गर्यौँ । लोकतन्त्र आएको ११ महिनाभित्रै नेपाली काँग्रेस नेतृत्वको सरकार बनेपछि कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लाग्यो । हामीले त्यसका विरुद्ध सङ्घर्ष गर्नुपर्यो ।

काँग्रेसले राणाशासन विरुद्धको आन्दोलनमा सहभागी मित्र शक्तिमाथि दमन गर्ने र प्रतिक्रियावादी घाँटी जोड्ने नीति लियो । राजतन्त्रसँग साँठगाँठ गर्ने, राजतन्त्रलाई खुसी पारेर खाने तर वामपन्थी शक्तिमाथि दमन गर्ने र प्रतिबन्ध लगाउने काम गर्यो ।

राजतन्त्र राणा शासनबाट मुक्त भएर तानाशाह भन्ने मनसायमा भएको कुरा काँग्रेसले बुझ्न सकेन । दिल्ली सम्झौताको अप्राप्तता, अपूर्णता र कमी कमजोरी पनि काँग्रेसले बुझ्न चाहेन । हाम्रो पार्टीले दिल्ली सम्झौताको अप्राप्तता, अपूर्णता र कमी कमजोरीलाई ठिकै ढंगले औँल्याएको थियो । तर त्यसबेला नेपाली काँग्रेसले यी कुरा बुझ्न चाहेन ।
०००

हामीसँग सिद्धान्त नभए कोसँग छ सिद्धान्त रु हरेक क्षेत्रमा हामीले यत्रा उपलब्धि हासिल गरेका छौं अनि जनताले बुझ्दै नबुझी यत्रो बनाएका हुन् रु जनताले यो साथ, समर्थन, सहयोग यत्तिकै भरोसा गरेका छन् त रु पार्टीप्रति जनविश्वास कमजोर पर्ने, जनता अलमलमा पर्ने, जनतामा भ्रम पर्ने खालका र पार्टीप्रतिको जनविश्वास कमजोर हुने कुनै पनि कुरा कुनै पनि नेताले नगर्नू ।

हामीसँग विचार छ, नीति छ, सिद्धान्त छ । मार्क्सवादको द्वन्द्वात्मक भौतिकवाददेखि समृद्ध नेपाल सुखी नेपालीसम्मको विचार बोकेर अगाडि बढेका छौं । पार्टीप्रति जनविश्वास कमजोर हुने कुनै पनि कुरा कुनै पनि कमरेडले नगरौं । पार्टी प्रतिष्ठामा धक्का पुग्ने खालका विचार र गतिविधि कुनै पनि कमरेडले नराखौं । यत्रो उपलब्धी हासिल गरेका छौं, हरेक क्षेत्रमा उपलब्धी हासिल गरेका छौं, जनताले बुझ्दै नबुझी साथ दिएका छन् त रु जनताले हामीमाथि यत्तिकै भरोसा गरेका छन् ?

हामीसँग विचार छैन होइन, नीति छैन होइन, नीतिका आधारमा कार्यक्रम, ती कार्यक्रम कार्यान्वयन गर्न योजनाहरु छन् । चाहे आन्तरिक होस् चाहे बाह्य होस्, हामीले कुनै कुण्ठाग्रस्त हुनुपर्ने आवश्यकता छैन ।

०००
वायुपुत्र हनुमानले जस्तै हिजो ९महाधिवेशन उद्घाटनमा० आफ्नो शक्ति पहिचान गरेनौ । हनुमान छटपटाएका थिए कसरी लंका जाने होला भनेर। जबकि जन्मनेबित्तिकै हनुमान सूर्य खान झम्टिएको थियो। थोरै थुतुनो डढेको थियो । हनुमानलाई सम्झाउनु परेको थियो सात समुन्द्र त सात खाल्डा हुन् तिमी उफ्रिएर पार गर्नसक्छौ। हामी जनपुत्र हौं। नेकपा एमाले जनताका छोराछोरी हौं। पाँच वटा हुन् कि दश वटा हुन् एउटै हो। यी फुटे भने अझ धेरै शक्ति हुन्छ । हामी सुदृढ शक्ति हौं। स-साना गुट पाँच मिलुन् कि दश मिलुन् के मतलब हामी बहुमत ल्याएर देखाउँछौं।

०००

अहिले ५ दल को को गठबन्धनको कुरा गरिरहेका छन् । यो गठबन्धनले संविधान विरुद्ध काम गर्न सक्छन् । हामी चनाखो हुनुपर्नेछ । अव पनि काँचो ब्यवहार देखायौं भने खारिनलाई के सिंड पलाउँछ । अव पनि हाम्रो ब्यवहार खारिएको भएन भने ब्यवहार सामुहिकता तिर भएन भने हामीले सफलता प्राप्त गर्न सक्लौं ? दुनियाँका लागि नमुना बनाउन सक्नुपर्छ । नयाँ उचाईका ब्यवहारका साथ हामीले दृष्टान्त देखाउनुपर्छ ।

हामी कुनै कुरा लुकाएर गरिएको छैन । सायद क्यामरा यही छन् वन्दशत्रमा पनि । राजनीतिक कुरामा हामी कुनै लप्पनछप्पन गदैनौं । महिले विश्वास लिएको छु । दुनियाँमै यो महाधिवेशन नमुना हुनेछ ।

(एमालेका अध्यक्ष ओलीले बन्दसत्रमा दिएको मन्तब्यको सम्पादित मुख्य मुख्य अंश)

प्रतिक्रिया