शुक्रबार, वैशाख ४, २०८३

सिन्धुपाल्चोकका १० स्थानीय तहमा माओवादीको नयाँ नेतृत्व चयन

मेरोन्यूज २०७८ मंसिर ११ गते २१:१९

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सिन्धुपाल्चोकका १० स्थानीय तहमा नयाँ नेतृत्व चयन भएको छ ।

शनिवार सम्पन्न पालिका अधिवेशनबाट १० स्थानीय तहमा नयाँ नेतृत्व चुनिएको हो । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा भने शुक्रबार नै अधिवेशन गरी सर्वसम्मति रुपमा नेतृत्व चयन गरिएको थियो ।

१२ वटा स्थानीय तह रहेको सिन्धुपाल्चोकमा शनिवार हुन नसकेको दुई स्थानीय तह भोटेकोसी गाउँपालिकामा मंसिर १५ गते र त्रिपुरासुन्दरी गाउँपालिकामा भने मंसिर १२ गते अधिवेशन हुनेछ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

प्रतिक्रिया