एमाले महाधिवेशन
यस्तो ल्याउन सक्छन् ओलीले पदाधिकारीको प्रस्ताव

चितवन (सौराह) । चितवनमा दुई दिन यता चलिरहेको नेकपा एमालेको १० औं महाधिवेशन आज नयाँ नेतृत्व चयन गरेर सक्ने तयारी छ । शनिवार रातीसम्म चलेको बन्दशत्रले अध्यक्षका उम्मेदवार केपी ओलीलाई सर्वसम्मत पदाधिकारी देखि सदस्य सम्मको प्रस्ताव ल्याउन प्राधिकार दिएको छ ।
अध्यक्षका आकाक्षी उम्मेदवार भीम रावलको असहमतिका वावजुद पनि विष्णु पौडेलले ओलीलाई केन्द्य्रीय कमिटि (पदाधिकारी सहित सदस्यसम्म) सर्वसम्मत बनाएर प्रस्ताव ल्याउन जिम्मा दिने प्रस्ताव वन्दशत्रमा प्रस्तुत गरेका थिए ।
त्यसपछि हलले ताली बजाएर पौडेलको प्रस्ताव अनुमोदन गरेको थियो । त्यसमा रावलले लगत्तै असन्तुष्टि जनाउँदै आफनो अध्यक्षको उम्मेदवारी कायमै रहेको र आफु पछि नहटेको भन्दै अध्यक्षको उम्मेदवारले नै केन्द्रीय कमिटीको नाम सिफारिस गर्ने कुरा लोकतन्त्रको उपहास भएको भन्दै त्यसलाई नमान्ने घोषणा गरेका छन् ।
तर ओली पेलेरै अगाडी वढ्ने रणनीतिमा रहेकोले उनले आज विहान १० वजे फेरि बस्ने बन्दशत्रमा पदाधिकारी सहितका सदस्यहरुसम्मको प्रस्ताव पेश गर्नेछन् । एमालेमा अध्इक्ष १, वरिष्ठ उपाध्यक्ष एक सहित ७ उपाध्यक्ष, महासचिव १, उपमहासचिव ३, सचिव ७ गरी १९ सदस्यीय पदाधिकारी सहित ३०१ सदस्यीय केन्द्रीय कमिटि बनाउने गरी गोदावरीको विधान सम्मेलनले पारित गरेको विधानलाई ५६ दिनमै चितवन महाधिवेशनले संसोधन गरिसकेको छ ।
जसअनुसार अव एमालेको पदाधिकारी सहित केन्द्रीय कमिटीले ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्यूरोे गठन गर्ने छ । विधानमा पोलिटब्यूरोको काम कर्तब्य र अधिकार पनि तोकिएको छ ।
यस्तो हुन्छ एमाले केन्द्य्रीय कमिटिमा प्रतिनिधित्व
– केन्द्रीय अनुशासन आयोग,केन्द्रीय लेखा आयोग र केन्द्रीय निर्वाचन आयोग अध्यक्ष, उपाध्यक्ष र सचिव सहित २५सदस्यीय हुनेछन् ।
– स्थायी कमिटीले आफनो कमिटीको कुल सदस्य संख्यामा नबढ्ने गरी केन्द्रीय सल्लाहकार परिषद गठन गर्न सक्ने छ । प्रदेश र जिल्ला कमिटीमा पनि सोही अनुरुप हुनेछन् ।
– प्रदेश कमिटी र जिल्ला कमिटीको आधार संख्या ७५ सदस्यीय हुनेछ ।
बन्द सत्रले ३०१ सदस्यीय केन्द्रीय कमिटीलाई विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी संख्या विभाजन गरेको छ ।
जसअनुसार,
प्रत्येक प्रदेशबाट ६ खुला ३ महिला गरी ९ जना सहित ७ वटा प्रदेशबाट ६३ सदस्य निर्वाचित हुने
उपत्यका विशेष समन्वयबाट १ खुला १ महिला गरी २ सदस्य निर्वाचित हुने
सम्पर्क समन्वयबाट १ खुला १ महिला गरी २ सदस्य निर्वाचित हुने
आदिवासी जनजातिबाट १७ खुला र ८ महिला गरी २५ सदस्य निर्वाचित हुने
तराई मधेशबाट १३ खुला र ६ महिला सहित १९सदस्य निर्वाचित हुने
दलित समुदायबाट ८ खुला ४ सहित १२ सदस्य निर्वाचित हुने
थारु समुदायबाट ५ खुला २ महिला सहित ७ सदस्य निर्वाचित हुने
मुस्लिम समुदायबाट ४ खुला १ महिला सहित ५सदस्य निर्वाचित हुने
श्रमिक क्षेत्रबाट ४ खुला २ महिला सहित ६ सदस्य निर्वाचित हुने
पिछडिएको क्षेत्रबाट ३ खुला १ महिला सहित ४ सदस्य निर्वाचित हुने
खुला क्षेत्रबाट ८४ खुला ५३ महिला सहित १३७ सदस्य निर्वाचित हुने
– केन्द्रीय आयोगहरुमा अध्यक्ष, उपाध्यक्ष र सचिव सहित १३ खुला र ९ महिला सहित २५ सदस्य सदस्य निर्वाचित हुने संसोधित विधानमा ब्यवस्था छ ।
सोही आधारमा सवै क्लस्ष्टर मिलाएर ओलीले पदाधिकारी देखि सदस्यसम्मको सूचि तयार पारि आजको वन्दशत्रमा पेश गर्नेछन । त्यसलाई ताली वजाएर पारित गर्ने तयारीमा ओली पक्ष देखिन्छ । तर भीम् रावल घनश्याम भुसालले ओलीलाई त्यसरी दिएको पा्रधिकारको विरोधमा हिजोको वन्दशत्रमै आवाज उठाएकोले उनहिरुलाई ओलीले मनाउन कसरी सक्छन् ? त्यो पनि एमालेभित्र चासोको विषय बनेको छ । तर ओलीले रावललाई उपाध्यक्ष र भुसाललाई उपमहासचिव पद दिएर सहमतिको प्रयास गर्ने तयारी गरिरहेका छन् ।
कस्तो ल्याउलान् ओलीले पदाधिकारीमा प्रस्ताव ?
ओलीले नै पदाधिकारी सहित केन्द्रीय सदस्य सम्मको नाम सर्वसम्मत रुपमा प्रस्ताव गरेर ल्याउने जिम्मा दिएपछि एमालेमा पदाधिकारी को के पदमा आउलाने ? अहिले चितवन सौराहका विभिन्न होटलहरुमा वसेका महाधिवेशन प्रतिनिधीहरुका वीचमा चर्चा चल्न थालेको छ ।
पदाधिकारीका आकाक्षीहरु आफुले रोजेको र खोजेको पदमा ओलीको प्रस्तावमा समेटिन ओलीसँगको निरन्तर सम्वादमा छन् । वन्दशत्र राती सकिएपछि पनि शनिवार अवेर रातीसम्म ओली पक्षका नेताहरु ओलीसँगको सम्वादमा थिए । अहिले पनि विहानैवाट होली वसेको होटलमा नेताहरुको जमघट शुरु भईसकेको छ ।
ओलीले अध्यक्षमा आफुलाई राखेर अध्यक्षका आकाक्षी रहेका अर्का नेता भीम रावललाई उपाध्यक्षमा समेटने जमर्काे गरिरहेका छन् । वरिष्ठ उपाध्यक्षमा इश्वर पोखरेललाई नै सुरक्षित बनाउन उनले उपाध्यक्षमा आकाक्ष राखिरहेका सुवास नेम्वाडलाई चुनाव पछिको राष्टपतिसम्मको अफर गरेका थिए । तर सुवासले आफु कार्यकारी भूमिकामै रहने र पार्टी राजनीतिमै रहने भन्दै ओलीको त्यस्तो प्रस्तावलाई अश्वीकार गरिरहेको सन्र्दभमा ओलीले पदाधिकारी देखि सदस्यसम्मको प्रस्ताव तयार पार्ने जिम्मा आफैले वन्दशत्रको हलवाट लिएका हुन ।
त्यसो हुँदा ओलीले वरिष्ठ उपाध्यक्षमा इश्वर पोखरेल, उपाध्यक्ष ६ जनामा रामवहादुर थापा (बादल), अष्टलक्ष्मी शाक्य, भीम रावल, सुवास नेम्वाङ, विष्णु पौडेल र सुरेन्द्र पाण्डेलाई सेट गर्ने तयारी गरेका छन् । उनले पार्टीको कार्यकारी महासचिवमा भने आफ्ना विश्वासपात्र शंकर पोखरेललाई समेटने तयारी गरेका छन् । यधपी विष्णु पौडेलले पनि महासचिवमा दावी छोडेका छैनन ।
तर विष्णु र शंकरलाई समानान्तर रुपमा आफुपछिको उत्तराधिकारीका रुपमा एमालेमा विकास गर्ने उदेश्यले ओलीले पोखरेललाई महासचिव र विष्णु पौडेललाई उपाध्यक्षका रुपमा अगाडी लैजान खोजेका हुन् । विष्णुलाई महासचिव बनाउँदा पोखरेललाई उपमहासचिवमा मात्र समेटन सकिने र आफुले अर्काे महाधिवेशनवाट अध्यक्षमा पोखरेललाई तयार पार्न समय लाग्न सक्ने देखेर ओलीले विष्णुलाई उपाध्यक्ष र पोखरेललाई महासचिव बनाउने गरी दुवै नेतालाई समानान्तर रुपमा अगाडी सार्न खोजेका देखिएका छन् । त्यसो हुँदा महासचिवमा शंकर पोखरेलले वाजी मार्ने सम्भावना अधिक वढेर गएको छ ।
उपमहासचिवको तीन पदमा उनले उपाध्यक्ष दावी गरिरहेका घनश्याम भुसाल, प्रदीप ज्ञवाली र टोपबहादुर रायमाझीलाई समेटन खोजेका छन् । भुसाल यस अगाडी पनि उपमहासचिव नै थिए । उनलाई यसपटक पनि त्यही पदमा दोहोराएर आफना अर्का विश्वासपात्र ज्ञवालीलाई र माओवादी छोडेर एमालेमा आएका रायमाझीलाई उपमहासचिव बनाउने तयारीमा ओली देखिएका छन् ।
त्यस्तै ७ सचिव मध्येमा फेरि पनि पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, योगेश भट्टराईलाई उनले दोहोराएर समेटन चाहेका छन् । पृथ्वीसुब्बा ले उपाध्यक्ष या महासचिवमा दावी गरिरहेपनि उनलाई सचिवमै राख्ने तयारीमा ओली देखिन्छन् । अन्य ४ सचिवमा उनले रघुवीर महासेठ, विष्णु रिमाल , लेखराज भट्ट, लालबाबु पण्डित, यामलाल कँडेल, भानुभक्त ढकाल, पद्मा अर्याल लगायतवाट समेटने तयारी गरेका छन् । जसमध्ये लेखराज र विष्णु रिमाल ओलीको पहिलो प्रँथमिकतामा छन् । वाकी दुईमध्येमा रघुविर, लालवावु, यमलाल, भानुभक्त लगायतहरु पर्न सक्ने चर्चा एमालेमा भईरहेको छ ।
पदाधिकारीमा भने ३३ प्रतिशत महिला नसमेटिने ओलीले यस अगाडी नै सार्वजनिक रुपमा नै बताईसकेका छन् । यस अगाडी उपाध्यक्ष रहेका युवराज ज्ञवालीलाई भने उनले अनुशासन आयोगको अध्यक्ष बनाउने तयारी गरेका छन् । यसअगाडी आयोग अध्यक्ष अमृत बोहोरा थिए ।


















बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
धनुषामा पुरुषको शव फेला
होर्मुज सुरक्षामा अन्तर्राष्ट्रिय चासो
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
कञ्चनपुरमा लागुऔषध मुद्दामा ३३४ जना पक्राउ
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
प्रतिक्रिया