कपिलवस्तुमा रोकिएन हैजा,थप एकको मृत्यु
मृतकको संख्याको ७ पुग्यो
मेरोन्यूज
२०७८ मंसिर १२ गते १४:१४

काठमाडौं । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा हैजाको कारण थप एक बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बुद्धमूमि नगरपालिका ६ महुवाका १३ वर्षीया बालिका सिर्जना यादव रहेकी स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ।
ति बालिकाको एन्टिजिन परीक्षणमा हैजा देखिएको थियो । असोज १८ गते हालसम्म हैजाको कारण मृत्यु हुनेको सङ्ख्या सात पुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ।
स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले कपिलवस्तु अस्पताल, तौलिहवामा उपचारको क्रममा ति बालिकाको मृत्यु भएको बताए।
कार्यालयका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बुद्धभूमि नगरपालिका, कपिलवस्तु नगरपालिका र मायादेवी गाउँपालिकामा हैजाका रोगी फेला परेका जानकारी दिए ।
सम्बन्धित
















कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया