शनिबार, मंसिर २७, २०८२

चार नेताले ३०१ केन्द्रीय सदस्यको सूची ओलीलाई बुझाए

मेरोन्यूज २०७८ मंसिर १२ गते १६:३६

चितवन । नेकपा एमालेका चार नेताले ३०१ केन्द्रीय सदस्यको सूची अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन् ।

सौराहमा जारी एमालेको दशौं महाधिवेशनमा शुक्रबार विष्णु पौडेल,शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीले ३०१ केन्द्रीय सदस्यहरुको सूची अध्यक्ष ओलीलाई बुझाएका हुन् ।

भीम रावल र घनश्याम भुसाल लगायतका नेताहरुको विरोधका बीच कमिटीको नामावली प्रस्ताव गर्ने सर्वाधिकार शनिवार अध्यक्ष ओलीलाई दिएको थियो । ओलीले विहान १० बने बन्दसत्र राखेका थिए ।

तर बन्दसत्र रोकेर छलफलमा जुटेका उनले केन्द्रीय सदस्यहरुको सूची बनाउने जिम्मा चार नेतालाई दिएका थिए ।आफूहरुले पदाधिकारीसहित केन्द्रीय सदस्यको सूची तयार पारेर अध्यक्ष ओलीलाई बुझाएको एक नेताले बताए ।

प्रतिक्रिया