शुक्रबार, वैशाख ४, २०८३

एमाले महाधिवेशन : बन्दशत्र हल वाहिर ओलीको समर्थनमा नारा जुलुस

मेरोन्यूज २०७८ मंसिर १२ गते २१:५४
फाइल फोटो

सौराह चितवन । नेकपा एमालेको वन्दशत्र झण्डै १२ घण्टा दिलो भईसक्दा समेत शुरु हुन सकिरहेको छैन । महाधिवेशन प्रतिनिधीहरुलाई खाना खाएर वन्दशत्र हलभित्र प्रवेश गर्न भनेपछि महाधिवेशन प्रतिनिधीहरु हलमा प्रवेश गरिसकेका छन् । सर्वसहमतिको नयाँ नेतृत्व चयनको जिम्मा लिएर ओलीले विहान देखि आफु वसेको होटल पार्क सफारी रिसोर्टमा बसेर गृहकार्य गरेका थिए । करिव नामावली फाइनल भएको बताइएपनि अझै वन्दशत्र शुरु भएको छैन ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

तयार पारेको लिष्टमा अध्यक्षमा केपी ओलीको नाम राखेर अन्य पदाधिकारीमा खाली राखेर अन्य केन्द्रीय सदस्यहरुको नाम फाइनल गरेर प्रिन्ट समेत गरिसकेर नेताहरु ओलीसँगको छलफलवाट वाहिरिएका थिए । त्यसपछि ओलीलाई भेटन पूर्व माओवादी रहेका नेता लेखराज भटट ओली वसेकै होटलमा पुगेर ओलीसँग छलफल गरेका छन् ।

वन्दशत्र हलमा भीम रावल सहितको अध्यक्ष मण्डलको बैठक अहिले वसिरहेको छ ।


दिनभर ओलीसँग नजिक रहेर रोष्टर बनाउन सहयोगी भूमिका खेलेका नेताहरु ओलीसँग छुटिटएर सहमतिको नाम तयार भएको र अहिले अव शुरु हुने वन्दशशत्रमा ओलीले प्रस्तुत गर्ने बताएका छन् । सहमतिको नामलाई एमलेले वन्दशत्रमा पेश गरेर पारित गर्ने तयारी छ । त्यसमा कसैले असहमति जनाए ध्वनीमतवाट निर्णय लिने तयारीमा एमाले छ । तर अध्यक्षमा दावी गरिरहेका भीम रावलले अध्यक्षको दावी छोडेका छैनन । उनले त्यसो गरिए आफुले प्रतिवाद गर्ने बताईरहेका छन् ।

महाधिवेशन हल वाहिर भने एमालेका महाधिवेशन प्रतिनिधी र कार्यकर्ताहरुले अहिले नारावाजी गरिरहेका छन् । ओलीको पक्षमा उनीहरुले नारावाजी गरिरहेका हुन् । आजलाई होइन भोलिलाई , १० वर्ष ओलीलाई, केपी वा जिन्दावाद जस्ता नारा लगाएर वसिरहेका छन् । ओली पनि बन्दशत्र स्थलमा पुगिसकेका छन् । उनी पुगेसँगै उनका समर्थकहरुले उनको पक्षमा चर्काे नारावाजी गरेका छन् ।

ओलीको समर्थनमा नाराजुलुस गरिरहेकाले भीम रावलको विरोधमा आक्कलझुक्कल नारावाजी पनि गरिरहेका छन् ।

प्रतिक्रिया