शुक्रबार, वैशाख ४, २०८३

एमाले उम्मेदवारी दर्ता गर्न कुन पदमा कति खर्च ?

मेरोन्यूज २०७८ मंसिर १३ गते १०:११

काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनमा हुने लागेको निर्वाचनमा उम्मेदवारी दर्ता गराउन निर्वाचन अयोगले शुल्क तय गरेको छ । आयोगले तय गरेको शुल्कअनुसार अध्यक्ष पदमा १५ हजार रुपैयाँ दस्तुर तिर्नु पर्ने रहेको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

यस्तै, पदाधिकारीमा १० हजार, केन्द्रीय सदस्यमा ५ हजार, आयोग अध्यक्षमा १० हजार, पदाधिकारी तथा सदस्यमा ५ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

यसबाहेक आयोगले उम्मेदवारी दरखास्त फारमको छुट्टै रकम तिर्नु पर्ने जनाएको छ । फारम दस्तुर बराबर सय रुपैयाँ तोकिएको छ ।

उम्मेदवारी दर्ता गर्ने क्रममा उम्मेदवार स्वयम् उपस्थित हुनु पर्ने व्यवस्था गरिएको छ । विशेष कारण उपस्थिति हुन नसकेमा आयोगले तोकेबमोजिमको वारिसनामामार्फत दर्ता गर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया