सहमहामन्त्रीमा उम्मेदवारी दिने बद्री पाण्डेको घोषणा

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा पिछडिएको क्षेत्रबाट सह महामन्त्री बद्री पाण्डेले उम्मेदवारी दिने बताएका छन् । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर पाण्डेले १४ औँ महाधिवेशनमा पिछडिएको समूहबाट सह महामन्त्रीमा उम्मेदवारी दिने बताएका हुन् ।
संगठन सुदृढीकरण आजको आवश्यकता रहेको उनले बताए । उनी संस्थापनइतरपक्षबाट सह महामन्त्री उठ्ने उनले जानकारी दिए ।
‘निषेधको राजनीतिका कारण कम्युनिस्टहरू हाबी भएकाले छ,’ उनले भने, ‘अब कांग्रेसको नेतृत्वले सूचक्रमा नेपालको राजनीति लैजानु पर्छ, यसैका लागि उम्मेदवारी दिएको हुँ ।’
उनी नेविसंघको उपाध्यक्ष हुँदै उनी कांग्रेसले १२ औँ र १३ औँ महाधिवेशनमा केन्द्रीय सदस्य बनिसकेका छन् । उनले पार्टी राम्रो बन्ने मात्र देश राम्रो हुने उनले जानकारी दिए ।
नेपाल विद्यार्थी संघबाट स्वतन्त्र विद्यार्थी यूनियनको सभापति, नेविसंघ बाजुरा जिल्ला सभापति, दुई कार्यालय नेविसंघको उपाध्यक्ष, महामन्त्री बनेका पाण्डे चितवन महाधिवेशनमा नेविसंघ अध्यक्षमा पराजित भएका हुन् ।
उनले १५ औं महाधिवेशनमा सहमहामन्त्री पदमै नदोहोरिने बताए । उनले भने, ‘महामन्त्रीमा मेरो जोड रहन्छ, त्यो नभए उपसभापति भएर पार्टीमा भूमिका खेल्छु ।’


















दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहितः आर्थिक क्षेत्र चलायमान हुने विश्वास
स्याङ्जामा ६ सय विद्यार्थीको निःशुल्क स्वास्थ्य बिमा
Philippines forces kill 10 Islamist militants in arrest gunfight
कोरियाबाट फर्किएका कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
Devotees throng at Matatirtha to pay homage to deceased mothers
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया