सवारी साधनमा ‘ह्वील लक’, अब हुनेछ ‘सरप्राइज चेकिंग’

कैलाली । धनगगढीमा सवारी चाप बढेसंगै अस्तव्यस्त बनेको ट्राफिक समस्या समाधानका लागि ट्राफिक प्रहरीले कडाई सुरु गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले ‘नो पार्किङ’ क्षेत्रभित्र गाडी पार्क गरेमा ‘ह्विल लक’ गर्न सुरु गरेको हो ।
धनगढी उप–महानगरपालिका क्षेत्रभित्र अव्यवस्थित तरिकाले पार्किङ गरिएका सवारी साधनमा ‘ह्वील लक’ लगाइने जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक वकिल सिंहले बताए । उनले सोमबार धनगढी उप–महानगरपालिकाको मुख्य बजार क्षेत्रमा आकस्मिक चेक जाँच गरिएको र अव्यवस्थित पार्किङ गरिएका सवारी साधनहरूमा ‘ह्विल लक’ गरिएको जानकारी दिए । सवारी चाप बढी हुने हस्पिटल लाइनदेखि एलएन चौक क्षेत्र, ट्राफिक चौराहादेखि बसपार्क क्षेत्रको जाम घटाउन ट्राफिक चेकजाँचमा कडाई गरिने प्रहरी निरीक्षक सिंहले बताए ।
उनका अनुसार ह्विल लक गरिएको गाडीमा सवारी धनीको जानकारीको लागि सवारीमा कारणसहित स्टिकर टाँस गरिनेछ । सवारी धनी सोही स्थानमा भेटिएमा ठाउँको ठाउँ कारबाही गरेर जरिवाना र सम्झाई बुझाई गरिनेछ ।यदि सवारी धनी सोही ठाउँमा नभेटिएमा टाँसिएको सूचना अनुसार कार्यालयमा आउनेछन् र कारबाहीको भागिदार बन्नेछन् । यसैगरि ट्राफिक प्रहरीले साँझ ५ बजेदेखि ७ बजेसम्म ‘सरप्राईज’ मापसे चेकिङ पनि गरिने जनाएको छ ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया