आइतबार, मंसिर २८, २०८२

प्रेस सेन्टर काठमाडौंमा गोकर्ण बराल

मेरोन्यूज २०७८ मंसिर १३ गते १८:१६

काठमाडौं । प्रेस सेन्टर नेपाल काठमाडौंको तेस्रो अधिवेशन बाट गोकर्ण बराल अध्यक्षमा निर्वाचित भएका छन् । राजधानीको प्रज्ञा भवनमा सोमबार भएको अधिवेशनले बरालको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

अध्यक्ष बराल सहित वरिष्ठ उपाध्यक्षमा अजित अधिकारी, उपाध्यक्षमा विक्रम रत्न, महिला उपाध्यक्षमा मीनाकुमारी यादव, सचिवमा रमेश लामिछाने, सहसचिवमा चमन कोइराला, वुद्ध योन्जन र कोषाध्यक्षमा शोभा अर्याल सर्वसम्मत रुपमा चुनिएका हुन् ।

सम्मेलनको उदघाटन अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य जर्नादन शर्माले गरेका थिए । सम्मेलनमा माओवादी केन्द्रका विशेष प्रदेश कमिटिका अध्यक्ष लेखनाथ न्यौपाने, काठमाडौं जिल्ला इन्चार्ज कुमार पौडेल प्रेस सेन्टरका कार्यालय सदस्य मनोज घर्ती लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा प्रेस सेन्टर काठमाडौंका दिवंगत पूर्व अध्यक्ष गोविन्द शर्मा स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार रामकुमारी श्रेष्ठ (रुवी)लाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया