कांग्रेस धनुषा क्षेत्र नं ४ को सबै पदमा सर्वसम्मतिले नेतृत्व चयन

धनुषा । नेपाली कांग्रेस धनुषा क्षेत्र नं ४ को कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यसहित सबैपदमा सर्वसम्मतिले नेतृत्व चयन भएको छ । क्षेत्रीय सभापतिमा कुमरकान्त झा, सचिवमा बुधेश्वर महतो र जगदीश यादव, सहसचिवमा सञ्जयकुमार यादव र शैलेन्द्र महतो सर्वसम्मत चयन भएका हुन् । त्यसैगरी एक महिलासहित चारा सदस्य निलम ठाकुर, अर्जुनकुमार महतो, रामजुलुम यादव र रामदयाल महतो चयन भएका छन् ।
प्रदेशको ४ (क) बाट इन्दु यादव, जुगलकुमार यादव र राजु साह तथा प्रदेश ४ (ख) बाट किरणकुमारी सिंह, मोहन मण्डल र मकेश्वर यादव चयन भएका छन् । त्यस्तै समानुपातिकतर्फ महिलामा निर्मला कोइराला, शशिकला बराल, मधेसी पुरुषमा कमल राउत, रामनरेश मिश्र, खस आर्यबाट रामेश्वर घिमिरे, दलितबाट अम्बर परियार र अल्पसङ्ख्यकबाट राजेश्वर झालाई चयन गरिएको छ ।
यसैगरी महाधिवेशन प्रतिनिधिमा तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष तथा पूर्वमन्त्री महेन्द्र यादव, पूर्वसांसद डा चन्द्रमोहन यादव, क्षीरेश्वरनाथ नगरपालिका प्रमुख योगेन्द्र पजियार, वासुलाल महतो, राजकुमार महतो, धीरेन्द्र मोहन झा, समीर घिमिरे, सन्तोष यादव, कोमलकान्त झा, नवकिशोर यादव, सरु लामा, तुल्सा आचार्य, सरिता यादव, रचना श्रेष्ठ माथेमा, वीरेन्द्रकुमार सिंह, रामवरण पासमान, पवनदेवी दास, इब्राहिम राइन, निर्मला झा, मीनादेवी, विणा यादव, बुलन यादव, रामपदारथ यादव, अशोक ठाकुर र मनोज मिश्रलाई सर्वसम्मतिले चयन गरिएको छ ।
त्यस्तै महासमिति सदस्यमा भने पुरुष तर्फबाट महेन्द्र यादव, डा चन्द्रमोहन यादव, वासुलाल महतो, योगेन्द्र पजियार र सन्तोष यादव तथा महिलातर्फबाट तुल्सा आचार्य र रचना माथेमा श्रेष्ठ, समानुपातिक महिलाबाट बीना यादव, पुरुषबाट राजकुमार महतो, आदिवासी जनजातिबाट वीरेन्द्रप्रसाद सिंह र खस आर्यबाट समीर घिमिरेलाई चयन गरिएको छ ।
















नेमकिपाकाे गढ भक्तपुर-१मा रास्वपाकाे धावा
रास्वपाको खाता खुल्यो, काठमाडौं–१मा रञ्जु दर्शना विजयी
धादिङ-१ मा रास्वपाकी आशिका तामाङको अग्रता
जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको अग्रता
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी
प्रतिक्रिया