एमाले महाधिवेशन : तीन घण्टाभित्र नतिजा सार्वजनिक हुने

काठमाडौँ । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मंगलबार बिहान ४ बजेदेखि सुरु भएको मतदान प्रक्रिया सम्पन्न भएको छ । एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार मतदान सकिएको हो ।
विद्युतीय प्रविधिबाट गरिएको मतदानको नतिजा तीन घण्टाभित्र आउने एमालेको निर्वाचन आयोगले जनाएको छ । पदाधिकारितर्फ अध्यक्ष, उपाध्यक्ष र सचिवमा निर्वाचन भएको हो ।
त्यस्तै, केन्द्रीय समितितर्फ खुला केन्द्रीय सदस्य, प्रदेश १ (भौगोलिक क्षेत्र) खुला, प्रदेश १ महिला, समावेशी क्षेत्रको दलित खुला, थारू खुला, पिछडिएको क्षेत्र र सुदूर प्रदेशको महिलातर्फ निर्वाचन भएको छ । अरू सबै पदमा सर्वसम्मत भएको थियो ।
अध्यक्ष पदका लागि केपी शर्मा ओली र भीम रावल गरी दुई जनाले उम्मेदवारी दिएका छन् । ६ जना उपाध्यक्षका लागि सात जना र सात जना सचिव पदका लागि नौ जनाको प्रतिस्पर्धा भएको छ । उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा सुवास नेङ्वाङ, विष्णु पौडेल र घनश्याम भुसालको उम्मेदवारी छ ।
यस्तै, सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट, पद्यमा अर्याल, भीम आचार्य र टङ्क कार्कीको उम्मेदवारी परेको थियो । केन्द्रीय समितिमा ८४ जना खुला केन्द्रीय सदस्यका लागि सय जनाको उम्मेदवारी परेको थियो ।
महाधिवेशनले ३०१ सदस्यीय केन्द्रीय समिति चयन गर्दै छ । महाधिवेशनको उद्घाटन सत्र यही मंसिर १० गते नारायणगढको नारायणी नदी किनारमा भएको थियो भने बन्द सत्र सौराहामा भएको हो । सर्वसहमतिको प्रयास असफल भएपछि आज निर्वाचन गरिएको हो ।


















दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहितः आर्थिक क्षेत्र चलायमान हुने विश्वास
स्याङ्जामा ६ सय विद्यार्थीको निःशुल्क स्वास्थ्य बिमा
Philippines forces kill 10 Islamist militants in arrest gunfight
कोरियाबाट फर्किएका कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
Devotees throng at Matatirtha to pay homage to deceased mothers
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया