शुक्रबार, वैशाख ४, २०८३

एमाले महाधिवेशन : प्रारम्भीक मतमा ओलीको अग्रता

मेरोन्यूज २०७८ मंसिर १४ गते १४:०९

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनमा भएको नेतृत्व चयनका लागि निर्वाचनको मत गण्ना सुरु भएको छ । मंगलबार सम्मपन्न निर्वाचनको प्रारम्भीक मत परिणाम आउन थालेको हो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

एमाले केन्द्रीय निर्वाचन समितिका अनुसार प्रारम्भिक चरणमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले ४०० मत ल्याएका छन् भने अर्को उम्मेदवार भीम रावलले ४२ मत ल्याएका छन् ।

चितवनको होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ७९ जनाले मत हालेका छन् । निर्वाचनबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदाधिकारी निर्वाचित हुनेछन् ।

प्रतिक्रिया