सोमबार, वैशाख ७, २०८३

कांग्रेस महाधिवेशन

५७ जिल्लामध्ये २९ जिल्लामा देउवा समूह अगाडि (सूचीसहित)

सञ्जिता खनाल २०७८ मंसिर १४ गते १४:४४

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मंगलबारसम्म ५७ जिल्लामा अधिवेशन सम्पन्न भएको छ । जसमा अहिलेसम्मको नतिजा हेर्दा संस्थापन समुह बलियो देखिएको हो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

अहिलेसम्मको नतिजा हेर्दा ५७ मा २९ जिल्ला संस्थापन समुहले जितेको छ भने २६ जिल्ला संस्थापन ईतर पक्षका सभापति आएका छन् । दुई जिल्ला बाग्लुङ् र झापा सिटौला समुहले हात पारेको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार मंसिर १६ देखि १८ गतेसम्म प्रदेश अधिवेशन हुदैछ । भने प्रदेश अधिवेशन हुनुभन्दा अगाडि नै बाँकीमध्ये आधा जिल्लाको अधिवेशन सम्पन्न हुने निर्वाचन समितिले जनाएको छ ।

संस्थापनइतर समूहबाट सभापति
१. दीपक खड्का, संखुवासभा
२. बर्मा लामा, दोलखा देउवा
३. अम्मबहादुर शाही, कालीकोट
४. रोमीगौचन, मुस्ताङ
५. नन्दप्रसाद न्यौपाने, गोरखा
६. शंकर डाँगी, दाङ
७. रामसिंह रावल, बाजुरा
८. केशव श्रेष्ठ, अर्घाखाँची
९.विनोद बान्तवा, भोजपुर
१०. चतुरबहादुर चन्द, बैतडी
११. विष्णुकुमार गिरी, प्यूठान
१२. अर्जुनबहादुर तुम्बाहाङ्फे, तेह्रथुम
१३. किशोर आचार्य, रोल्पा
१४. विष्णुकुमार राई, खोटाङ
१५. ललितसिंह बोहरा, दार्चुला
१६. राजु थापा स्याङ्जा
१७. हिमालदत्त श्रेष्ठ, पाल्पा
१८. अर्जुनकुमार पोखरेल, पश्चिम नवलपरासी
१९. मणिराम रेग्मी, दैलेख
२०. अब्दुलकलाम, कपिलबस्तु
२१. केदार भण्डारी, सुनसरी
२२. रमेश महत, नुवाकोट
२३. कृष्ण बानियाँ (सबुज), काठमाडौं
२४. रामनाथ अधिकारी, धादिङ
२५. खिलध्वजपन्थी, गुल्मी
२६. केशरमान रोका, रुकुमपूर्व

यी हुन संस्थापन समुहका सभापति
१. गजेन्द्रप्रसाद तुम्याहाङ, ताप्लेजुङ
२. मोहनविक्रम सिंह, हुम्ला
३. पूर्णबहादुर तामाङ (कान्छाराम), रामेछाप
४. ऐनबहादुर शाही, मुगु
५. खडक बोहरा, बझाङ
६. खमबहादुर गर्बुजा, म्याग्दी
७. शंकर गुरुङ, मनाङ
८. केशरबहादुर विष्ट, सल्यान
९. दीपेन्द्र शाही, डोल्पा
१०. भीमबहादुर साउद, डडेल्धुरा
११. कर्णबहादु शाही, जुम्ला
१२. बेदराज सिंह, जाजरकोट
१३. रुपनारायण जवेगु, पाँचथर
१४. डा. टकबहादुर गुरुङ, लमजुङ
१५. नरेन्द्रबहादुर सिंह, डोटी
१६. तेजेन्द्र खनाल, ओखलढुंगा
१७. युवराज जोशी, पर्वत
१८. किशोरदत्त बराल, कास्की
१९. डम्बर खड्का, इलाम
२०. रामकृण खाण, रुपन्देही
२१. प्रेमप्रकाश वली, रुकुम पश्चिम
२२. जितेन्द्र श्रेष्ठ, ललितपुर
२३. तीर्थ लामा, काभ्रे
२४.पदम बोगटी, कञ्चनपुर
२५. खड्क पोखरेल, सुर्खेत
२६. जीतप्रकाश आले, तनहुँ
२७. हिमाल कार्की, उदयपुर
२८. दुर्लभ थापा, भक्तपुर
२९ अरुण प्रकाश सिंह राठौर, बर्दिया

सिटौला समूहका सभापति
१. देउमान थेवे, झापा
२. जित शेरचन, बाग्लुङ

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया