थप २५५ मा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा छ हजार ४६९ को पीसीआर परीक्षण गरिएको थियो ।
योसँगै नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा संक्रमितको सङ्ख्या आठ लाख २१ हजार ३६६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ४९८ पुगेको छ । पछिल्लो समय थप २५६ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख दुई हजार ९०९ पुगेको छ । निको हुने दर ९७ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५२६ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १।४ प्रतिशत रहेको छ । त्यसैगरी पछिल्लो समय दुई लाख ११ हजार ५५३ ले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या छ हजार ९३१ रहेको छ । हाल होम आइसोलेसनमा छ हजार ५८९, संस्थागत आइसोलेशनमा ३४२, सघन उपचार कक्षमा ११६ र भेन्टिलेटरमा ३३ जनाको उपचार हुँदैछ ।
















कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया