मंगलबार, वैशाख २२, २०८३

अछाम बस दुर्घटना : मृतकको पहिचान खुल्यो, ३६ जना घाइते

मेरोन्यूज २०७८ मंसिर १४ गते २०:२१

कैलाली । अछाममा मंगलबार दिउँसो भएको बस दुर्घटनामा मृत्यु हुने व्यक्तिको पहिचान खुलेको छ । दुर्घटनामा जिल्लाको मंगलसैन नगरपालिका–१४ का ५७ वर्षीय टंकबहादुर भण्डारी र मंगलसैन नगरपालिका–१ का २१ वर्षीय एकेन्द्र थापाको मृत्यु भएको सुदूरपश्चिम ट्राफिक कार्यालय अत्तरियाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।

Advertisement
NiccNicc


उनका अनुसार बसमा सवार ३८ जना सवार थिए ।अन्य सबै घाइते भएका छन् । उनीहरुको सदरमुकाममै उपचार भइरहेको छ ।सदरमुकाम मंगलसैनबाट धनगढीका लागि छुटेको ना ६ ख ८२९ नम्बरको बस मंगलसंन नगरपालिकाको डाँडाबाघ भन्ने ठाउँमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो । बस सडकभन्दा करिब १० मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया