आजको राशिफल : मंसिर १५ गते बुधबार

आज २०७८ साल मंसिर महिनाको १५ गते बुधबार, मंसिर कृष्णपक्षको द्वादशी तिथि ।
मेष
भाग्यहिनताका कारण स–सानो प्राप्तिका लागि पनि धेरै संघर्ष गर्नु पर्ने छ । मनमा केही दृढताका क्रम आउन थाल्ने छ । तर दृढताको कमि भने रही रहने छ । पेशागत जीवन अझै सुमधुर बन्न सक्ने छैन् । आर्थिक सन्तुलनका लागि संघर्ष गर्नु पर्ने छ ।
वृष
दाम्पत्य जीवनमा समधुरता रहने हुँदा दुःखका क्षणमा पनि हाँसिखुशी अघि बढि रहनका लागि उर्जा मिल्ने छ । पेशागत जीवनमा बादबिबाद हुने हुँदा सतर्क रहनु नै उचित हुने छ । आर्थिक जीवन औसत खालको रहने छ । साझेदारी फाप्ने छ ।
मिथुन
दाम्पत्य जीवनमा बादबिबादका क्रम रही रहने छ । पेशागत जीवन सन्तुलित नै रहने छ । कमाईमा सोचे जस्तो बृद्धि नभए पनि कमजोर पनि रहने छैन् । मनमा खुशीका क्रम आउन सक्ने छैन् । जसले गर्दा खुशीका क्षणहरुमा पनि मनमा उत्साहको अभाव रहने छ ।
कर्कट
पराक्रमीपनाका कारण अरुले हेप्न सक्ने छैनन् । स–सानो विषयमा पनि मनमा सन्तोषको आभाष भइरहने छ । ज्ञान विज्ञानको क्षेत्रमा प्रगति हुने छ भने रुचि पनि बढ्ने छ ।सन्ताको प्रगति उन्नति अनुभूत गर्न पाइने छ । पेशागत जीवनमा सुधार आउने छ । आम्दानीमा पनि बृद्धि हुने छ ।
सिंह
दुविधात्मक ब्यक्तित्व भए तापनि बाहिरबाट हेर्दा दृढ खालको व्यक्तित्व अरुले आभाष गर्ने छन् । पेशागत जीवनमा सजग भएर पाइला चाल्नु होला । दाम्पत्य जीवनमा सुख शान्ति रहने छ । धन सम्पत्ति गुम्ने तथा बादबिबादका क्रमहरु देखा पर्ने भएकाले सजग रहनु होला ।
कन्या
परिवारमा रडाको मच्चिने छ । संयमित भएर आफ्नो विचार र धारणा राख्नु हुँदा ठिक हुने छ । निर्णय क्षमतामा भारी गिरावट आउने छ । आथिक अवस्थामा भने सन्तोषजनक अवस्था रहने छ । दाम्पत्य जीवनमा खुशीयाली आउने छ ।
तुला
साहसका कारण अघि बढ्न उर्जा प्राप्त हुने छ । सुरो खालको व्यक्तित्व हुने छ । मनमा असन्तोषका भावनाहरु भने एकपछि अर्काे गरि आइ रहने छन् । पेशागत जीवनमा सहजता आउने छ । नयाँ नयाँ काम गर्न आँट आउने छ । आम्दानीमा पनि केही बृद्धि हुने छ ।
वृश्चिक
भोज भतेर जस्ता रमाईलोमा सहभागि हुन पाइने छ । लचिलो खालको व्यक्तित्व बन्ने छ । पेशागत जीवनमा सफलता मिल्ने छ । बोलीमा भने कडापना हुने वा मिठोपना नहुने भएकाले यसबारेमा विचार पुर्याउनु होला । परिवारमा द्वन्दको अवस्था आउने छ । अस्पतालजन्य खर्च बढ्ने स्थिति देखिन्छ ।
धनु
बोली नरम प्रकृतिको हुने भएता पनि मृदुभाषिपनाका कारण मनको भार मनमा नै रहने छ । परिवारमा मिलन हुने छ । पेशागत जीवनमा आफ्नो जिम्मेबारी राम्रोसँग निभाउने तर अन्य विषयमा धेरै चासो नराख्ने बानी गरेमा उचित हुने छ । आर्थिक अवस्था सन्तोषजनक नै रहने छ ।
मकर
भाग्यको साथ नभएको लागिरहने छ । अनावश्यक विषयहरु मनमा आउने भएकाले मन भारी हुने छ । स्वास्थ्य समस्याले च्याप्ने छ । पेशागत जीवनमा सोचे जस्तो प्रगति नभए पनि धेरै कठिन अवस्था पनि आउने छैन् । आर्थिक अवस्था भने चुनौतिपूर्ण बन्न जाने छ । साझेदारीमा भएका कामहरुमा अवरोध आउने छ ।
कुम्भ
आम्दानीमा ह्रास हुने भए तापनि संचित धनले साथ दिने छ । भोज भतेरमा सहभागि हुन पाइने छ । अरुले दुविधात्मक ब्यक्तित्व रहेको आभाष गर्ने छन् । निर्णय क्षमतामा आउने कमिले दुविधा असाध्यै ल्याइदिने छ । धेरै उत्साही हुने भन्दा धैर्य भएर स्थिर पाइला चाल्नु नै उचि देखिन्छ । पेशागत जीवन औसत रहने छ ।
मीन
रोग व्याधिको संक्रमण हुन सक्ने जोखिम छ । शारीरिक रुपमा कमजोरीहरु देखा पर्ने छन् । कडा खालको बोली हुने भएकाले अरुले सहज लिने छैनन् । पेशागत जीवनमा धेरै जोखिमयुक्त निर्णय भन्दा निरन्तरतालाई ध्यान दिनु नै फलदायी रहने छ । दाम्पत्य जीवनमा कटुता आउने छ । आर्थिक जीवनमा जोखिम व्योहर्नु पर्ने चुनौति देखिएकाले संयमित हुनु पर्ने छ ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८
















कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल
दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन खुला
संदिग्ध लागूऔषध डुङ्गामा अमेरिकी सेनाको आक्रमण, दुई जनाको मृत्यु
विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो
Training on parliamentary practices for RSP lawmakers begins
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया