सुदूरपश्चिम महोत्सव हुने
कैलाली । सुदूरपश्चिमको आर्थिक विकासका लागि निरन्तर सञ्चालन हुँदै आएको सुदूरपश्चिम महोत्सव यस वर्ष हुने भएको छ । गत वर्ष सरकारले कोरोनाको कारण देखाउँदै मेला महोत्सव गर्न रोक लगाएसंगै १४ औँ संस्करणको महोत्सव स्थगित भएको थियो ।
यस वर्ष भने महोत्सव आयोजना गर्ने तयारी गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघले देशभर मेला÷महोत्सव आयोजना गर्ने घोषणा गरेसंगै सुदूरपश्चिम महोत्सव पनि आयोजना गरिने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए । उनले छिटै नै ठाँउ पहिचान गर्दै राजनीतिदल, स्थानीय प्रशासन, नागरिक समाजलगायत पत्रकारहरुसंग सुझाव सल्लाह लिएर पुस महिना भित्रै महोत्सको आयोजना गरिने बताए ।
यसअघि तत्कालिन संघीय प्रहरी इकाई प्रहरी कार्यालयको खुला मैदानमा महोत्सव आयोजना हुँदै आएको भएपनि अहिले उक्त कार्यालय सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा स्तरोन्नती हुँदा महोत्सव लगाउने स्थान अभाव भएको अध्यक्ष कुँवरले बताए । २०६३ सालदेखि प्रत्येक वर्ष सुदूरपश्चिम महोत्सव हुँदै आएको थियो ।
















हुनानमा पटाखा कारखाना विस्फोट, २१ जनाको मृत्यु
होर्मुजमा तनाव बढ्दा अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा व्यापक वृद्धि
भारतको विधानसभा निर्वाचन : उलटफेर परिणाम
प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारी संगठनहरू दलको ‘स्लिपर सेल’ भए
ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट अमेरिकी सैनिक फिर्ता गर्ने योजना
प्रतिक्रिया