कैलालीमा चार महिनामा ५३ जना एचआईभी संक्रमित थपिए

कैलाली । कैलालीमा पछिल्लो चार महिनाको अवधिमा ५३ जना एचआइभी संक्रमित थपिएका छन् । विगतको तुलनामा यस वर्षको चार महिनाको अवधिमा जिल्लामा एचआईभी संक्रमितको संख्यामा वृद्धि भएको छ ।
स्वास्थ्य कार्यालय कैलालीको तथ्याङ्कअनुसार कैलालीमा पछिल्लो चार महिनामा मात्रै ५३ जना एचआईभी संक्रमित थपिएका छन् ।
तथ्याङ्क अनुसार कैलालीमा २०७६/०७७ मा १५२ जना एचआईभी संक्रमित फेला परेकोमा पछि वर्ष २०७७/०७८ मा त्यो संख्या घटेर ११२ जनामा सीमित भएको थियो । तर चालु आर्थिक वर्षको चार महिनामा मात्रै ५३ जनामा एचआईभी संक्रमित फेला परेको स्वास्थ्य कार्यालय कैलालीका निर्मित कार्यालय प्रमुख लालबहादुर धामीले जानकारी दिए ।
कोरोना भाइरस संक्रमण सुरु भएपछि समुदायमै गएर चेकजाँच गर्दा संक्रमित संख्या बढेको उनले बताए ।
‘कैलालीमा समग्रमा एचआईभी संक्रमितको संख्या घटेको भएपनि पहिलै संक्रमण भएर पत्ता नलागेकाहरु र अहिले भारतबाट आउनेहरुलाई समुदायमै गएर एचआईभी टेस्ट गरिरहेका छौं,’ उनले भने, ‘समुदायमा गएर टेस्ट गर्दा लुकेका संक्रमितहरु पत्ता लाग्दा त्यो तथ्याङक बढेको देखिएको हो ।
वास्तवमा तुलनात्मक रुपमा संक्रमण बढेको छैन् ।’गरिबी, जनचेतना अभावलगायतका कारण मानिसहरु एचआईभी संक्रमणको जोखिममा परिरहेको निमित्त प्रमुख धामीको भनाई छ । उनले संक्रमण थप घटाउन जनचेतनामुलक कार्यक्रमहरु पनि गर्न आवश्यक रहेको बताए ।
२० वर्षदेखि ४९ वर्ष उमेर समूहका मानिसमा बढी एचआईभी संक्रमण देखिएको उनको भनाइ छ । उनका अनुसार हाल कैलालीमा एक हजार ६०९ जना संक्रमित छन् । संक्रमितहरुले एआरटी औषधि सेवन गरिरहेका छन् ।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया