भारतमा भेटियो सात टाउके नागको काँचुली
मेरोन्यूज
२०७८ मंसिर १६ गते १५:२५

एजेन्सी । भारतको तमिलनाडुको बेंगलुरुबाट करिब ६० किलोमिटर टाढा डोड्डी गाउँमा सात टाउके नागको काँचुली भेटिएको छ ।
यसलाई हेर्न उक्त स्थानमा निकै ठूलो भीड लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । मानिसहरुले त्यहाँ सात टाउके नाग त देखेनन् तर उनीहरुले काँचुली देखेर निकै आश्चर्य जनाइरहेका छन् ।
त्यो ठाउँमा सात टाउको भएको नागको काँचुली भेटेपछि मानिसहरु त्यहाँ पुग्ने गरेका छन् । सुरुमा मन्दिरका एक पुजारीले काँचुली देखेका थिए । उनले काँचुली देखेपछि नियालेर हेर्दा केही पर सात वटा टाउको छुटिएको काँचुली भेटेका थिए ।
मन्दिर वरपर सफाइ गर्दा त्यो काँचुली भेटिएकाले पनि त्यसलाई दैवीशक्ति मानिएको छ । मन्दिर शक्तिशाली भएको कुरा यसले पनि प्रमाणित गरेको स्थानिय बासीले दाबी गर्न थालेका छन् ।
सम्बन्धित
















हुनानमा पटाखा कारखाना विस्फोट, २१ जनाको मृत्यु
होर्मुजमा तनाव बढ्दा अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा व्यापक वृद्धि
भारतको विधानसभा निर्वाचन : उलटफेर परिणाम
प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारी संगठनहरू दलको ‘स्लिपर सेल’ भए
ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया