आज तपाईको दिन कस्तो ? हेर्नुहोस् राशीफल

आज २०७८ साल मंसिर महिनाको १७ गते शुक्रबार, मंसिर कृष्णपक्षको चतुर्दशी तिथि । आज बालाचतुर्दशी रहेको छ, आज आफ्ना दिवंगत पितृहरुको सम्झनामा शतबीच छर्ने गरिन्छ । आज विश्व अपाङ्ग दिवस रहेको छ ।
मेष
मेहनतको प्रतिफल पनि प्राप्त हुने छ । आफ्नो कामप्रति लगावका साथ क्रियाशिल रहन मन लाग्ने छ । पेशागत जीवनमा उचित मुल्यांकन हुने छ । दयालु खालको व्यक्तित्व हुने भएकाले अरुले पनि सहज लिने छन् । परिवारमा शान्तिको वातावरण आउने छ ।
वृष
आवश्यकता भन्दा धेरै बोल्ने गर्नाले हुन लागेका कामहरु पनि बिग्रने छन् । पेशागत जीवनमा विभिन्न चुनौतिहरुको सामना गर्नु पर्ने भएकाले संयमित रही कदम चाल्नु होला । रिस कडा हुने छ । मनमा दुविधाका क्रम एकपछि अर्काे गरि आउने हुँदा त्यसले मनमा एक प्रकारको अशान्ति छाउने छ ।
मिथुन
सृजनशिल व्यक्तित्व भए तापनि व्यावहारिक हिसावले अलि सहज हुन जाने छैन् । यात्रामा मज्जा आउने छ । पेशागत जीवन शुभ रहने छ, अरुले कदर गर्ने छन् । थप जिम्मेबारी र कामको दायित्व प्राप्त हुने छ । आम्दानीमा बृद्धि हुने छ । बोली भने संयमित गर्दा शुभ रहने छ ।
कर्कट
प्रेम साथ र समर्थन प्राप्त हुने छ । पेशागत जीवन सहज रहने छ । प्राविधिक क्षेत्रमा आवद्धहरुको आम्दानीमा बृद्धि हुने छ । रंग रमाईलोमा सहभागि हुन पाइने छ । खर्च पनि बढ्न जाने छ । रिस नियन्त्रणमा भने गम्भीर प्रयास गर्नुहोला । बोलीको प्रभावकारीता बढाउन ध्यान दिनु उत्तम हुने छ ।
सिंह
पेशागत क्षेत्र औसत अवस्थामा रहने छ । दाम्पत्य जीवनमा बादबिबाद र चर्काचर्कीको चुनौति देखिएकाले कम बोल्ने गर्नु नै उत्तम हुने छ । रंग रमाईलोमा पनि मन स्थिर हुने छैन् । मनमा चञ्चलाताका क्रमहरु धेरै देखिने हुनाले मन नियन्त्रणका उपायहरु अपनाउँदा शुभ रहने छ ।
कन्या
विभिन्न आरोप प्रत्यारोपमा जबर्जस्ति फस्ने खतरा देखिएको छ । पेशागत जीवन असन्तोषजनक रहने छैन् । आम्दानीको हिस्सा अनावश्यक खर्च हुने चुनौति देखिएको छ । व्यक्तित्व भने दृढ नै रहने छ । मुद्धा मामिला र चर्काचर्कीका विषयमा सतर्क रहनु नै उत्तम हुने छ ।
तुला
परिवारमा भने सुमधुर सम्बन्ध स्थापना हुने छ । पेशागत जीवन औसत प्रकृतिको हुने छ भने आम्दानीमा गिरावट आउने छ । जस्तोसुकै अवस्थामा पनि दृढ खालले अडिग रहने व्यक्तित्व हुने छ । माटोसँग जोडिएको विषय जस्तै घर घडेरी तथा जग्गा जमिनको कारोवारबाट लाभ मिल्ने छ । सवारीसाधनले दुःख दिने छ ।
वृश्चिक
साझेदारीमा गरिएका काममा चुनौतिहरु देखा पर्ने छन् । दाम्पत्य प्रेममा मधुरताको कमि आउने छ । पेशागत क्षेत्र सोचे जस्तो वा योजना बनाए जस्तो हुने छैन् । मनोबल कमजोर भएको व्यक्तित्व हुने हुँदा अरुले हेप्ने चुनौति देखिएकाले यसमा सजग भई व्यावहार गर्नुहोला । नयाँ सवारीसाधन खरिद गर्नेतर्फ मन जाने छ ।
धनु
मनमा दृढताका मात्रा आउन थाल्ने छ । बोली मिठो हुने भए तापनि बेलाबेला अनौठो खाले रुखोपना देखा पर्न जाँदा काम बिग्रने छ । पेशागत जीवनमा प्राप्तिहरु हुने छन् । जीवनसाथिको साथले ठुलो अर्थ राख्ने छ । बौद्धिक क्षेत्रप्रति उदासिनता आउने छ । अरुलाई सहयोग गरौँ गरौँ लाग्ने छ ।
मकर
सपना नराम्रो देखिने र त्यसले जीवनमा नराम्रो प्रभाव पार्ने हो कि ? भन्ने विषयले असाध्यै पिरोल्ने छ । मानसिक दबाबको महशुस भइरहने छ । पेशागत जीवन औसत खालको हुने छ । कार्य सफलतामा मनको अन्योलताले प्रभाव पार्ने छ । बोलीको प्रभाव बढ्ने भएकाले अरुको विश्वास आर्जन गर्न सक्दा काममा सफलता मिल्ने छ ।
कुम्भ
स्वास्थ्यमा सुधार आउने छ । पेशागत जीवनमा पनि सकारात्मक नतिजाहरु देखा पर्न जाने छ । प्रतिष्पर्धात्मक स्वाभावमा गिरावट आउन सक्ने भएकाले सजग रहनु नै उत्तम हुने छ । दाम्पत्य जीवनमा मधुर वातावरण कायम रहने छ । सवारीसाधनले धोका दिने छ । नयाँ सवारीसाधन किन्नु पर्ने दबाब सृजना हुने छ ।
मीन
परिवारमा एकलकाँटे स्वाभाव हुने भएकाले सौहार्दतामा छलफल गर्ने तर्फ जोड दिनु उपयुक्त हुने छ । मन असाध्यै कारुणिक खालको हुने छ । यसले गर्दा व्यक्तित्व आफ्नो कर्मप्रति भन्दा भावनात्मक विचारमा छरिन पुग्ने छ । मन नियन्त्रणमा ध्यान दिनु पर्ने देखिन्छ । धर्म–अध्यात्मप्रति रुचि बढ्दे रहने छ । पेशागत जीवन अनुकुल रहने छ । आम्दानीमा पनि बृद्धि देखिने छ ।
(ज्यो. गुरु दिवाकर पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)
















यातायात कार्यालय जुम्लाद्वारा एक करोड १६ लाख राजस्व सङ्कलन
विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश
‘विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा छ’
राष्ट्रसङ्घका महासचिवद्वारा स्ट्रेट अफ होर्मुजमा तनाव कम गर्न आह्वान
झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया