बुधबार, फागुन २०, २०८२

श्रम बारेमा नेपाल र कतारबीच वार्ता

मेरोन्यूज २०७८ मंसिर १७ गते १५:०५

काठमाडौं । काठमाडौंमा नेपाल र कतारको श्रम मामिलामा ‘ज्वाइन्ट टेक्निकल कमिटी’को बैठक शुरु भएको छ । कतारसँग भएको श्रम सम्झौताअनुसार गठित समितिको बैठक नेपालमा शुरु भएको हो । यसका लागि बिहीबार कतारको श्रम अधिकारीहरुको टोली नेपाल आएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

नेपालका तर्फबाट श्रम मन्त्रालयकी सहसचिव बिनु बज्राचार्य कुँवरले वार्ता टोलीको नेतृत्व गरेकी छिन् भने कतारका तर्फबाट कतारको श्रम मन्त्रालयका उपसचिव महोम्मद हसन अल ओबादीले गरेका छन् । बैठकका लागि दुबैतर्फबाट ७ एजेन्डा तय भएका छन् ।

बैठकमा मुख्य रुपमा सन् २००५मा भएको श्रम सम्झौता पुनरावलोकन गर्नेबारे पनि छलफल हुनेछ । त्यसैगरी कतारमा नेपालबाट घरेलु श्रमिक र कृषि श्रमिकलाई थप अवसर दिने, नेपालमा कतारी बजारका लागि आवश्यक हुने खालका दक्ष जनशक्ति नेपालमै उत्पादन गर्ने, कतार भिसा सेन्टरको सेवाको समीक्षा गरेर प्रादेशिक स्तरमा विस्तार गर्ने र कोभिड–१९बाट नेपाली श्रमिकलाई परेको प्रभाव घटाउने लगायतका विषयमा छलफल भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगार बोर्डलाई नेपालमा यस्ता पुनः एकीकरणको कार्यक्रम गर्ने अधिकार छ । वैदेशिक रोजगर ऐनमा दुर्घटना वा बिरामी परी वा अन्य कुनै कारणले अलपत्र परी करार अवधि पूरा गर्न नसकी स्वदेश फर्किएका वैदेशिक रोजगारमा गएका कामदारको लागि पुनः एकीकरण तथा पुनर्स्थापना कार्यक्रम सञ्चालन गर्न ऐनलाई अधिकार दिइएको छ ।

२०७५को फागुनको अन्तिम साता कतारसँग वार्ता गर्न सहसचिवस्तरको टोली श्रम सम्झौताबारे छलफल गर्न कतार पुगेको थियो । वार्तामा नेपालले न्यूनतम तलब बढनुपर्ने, श्रमिक आपूर्तिका सबै प्रक्रियाका शुल्क रोजगारदाताले व्यहोर्नुपर्ने, २४ घण्टे बीमाको व्यवस्था गर्नुपर्ने, बिदालगायतका सुविधालाई सहज गर्नुपर्ने, तलब भुक्तानी समयमै बैंकिङ प्रणालीबाट गर्ने र कामदारको बसोबास तथा सुरक्षाको उचित प्रबन्ध हुनुपर्नेलगायतका अडान राखेको थियो ।

प्रतिक्रिया