थप २४६ जनामा कोरोना संक्रमण, ३४७ जना निको
मेरोन्यूज
२०७८ मंसिर १७ गते १६:२७

काठमाडौं । नेपालमा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार ८३६ जनाको कोरोना परीक्षण गर्दा २४६ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
६ हजार ४०० जनाको पिसिआर परीक्षण र १४३६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
यसैबीच, पछिल्लो २४ घण्टाको अवधिमा देशभरबाट ३४७ जना निको समेत भएको पनि मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा भने शुक्रबार ९३ संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार काठमाडौंमा ५५, ललितपुरमा २९ र भक्तपुरमा ९ जना संक्रमित थपिएका हुन् ।
नेपालमा हाल ६ हजार ९२१ जना सक्रिय संक्रमित छन्।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया