जन्ती बोकेको ट्याक्टर दुर्घटनाः मृत्यु हुने संख्या तीन पुग्यो

धनगढी । कञ्चनपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी नजिकै शुक्रबार से १ त ३८४१ नम्बरको टट्याक्टर पल्टिएको थियो ।
ट्याक्टर दुर्घटनामा परी घाइते भएका मध्ये थप एक जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या तीन पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताए ।
मृत्यु हुनेमा कृष्णपुर नगरपालिका–९ पिपरैयाका वर्ष ६५ का द्रोपती राना र वर्ष ३३ का रतनकुमारी राना र लालझाडी गाउँपालिका–९ का ५५ वर्षीय रानि राना छन् ।
दुर्घटनामा अन्य ११ जना घाइते छन् । उनीहरू मध्ये ८ जनालाई थप उपचारका लागि धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ ।
कृष्णपुर नगरपालिका–९ पिपरैयाबाट बेदकोट नगरपालिकाको दैजीमा जन्ती पुर्याएर फर्कने क्रममा चालकले नियन्त्रण गुमाउदा ट्याक्टर सडक छेउमै पल्टीएको थियो ।
















हुनानमा पटाखा कारखाना विस्फोट, २१ जनाको मृत्यु
होर्मुजमा तनाव बढ्दा अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा व्यापक वृद्धि
भारतको विधानसभा निर्वाचन : उलटफेर परिणाम
प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारी संगठनहरू दलको ‘स्लिपर सेल’ भए
ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया