राप्रपा महामन्त्रीमा नायिका रेखा थापा पराजित, अन्यमा को–को भए विजयी ? (मतपरिणामसहित)
मेरोन्यूज
२०७८ मंसिर १९ गते ८:२२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा रेखा थापा पाराजित भएकी छन् । नायिकासमेत रहेकी रेखा थापालाई पराजित गर्दै महामन्त्रीमा कुन्तीकुमारी शाही निर्वाचित भएकी हुन् ।
राप्रपा निर्वाचन समितिले दिएको जानकारी अनुसार शाहीले २००८ मत ल्याउँदा थापाले १६४० मत प्राप्त गरिन् । शाही कमल थापाको प्यानलबाट र थापा राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्रीको उम्मेदवारी थिइन् । अध्यक्षमा लिङ्देन विजयी भए पनि महामन्त्रीमा थापा पराजित भएकी छन् ।
यस्तै राप्रपाको उपाध्यक्षको ४ पदमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुव बहादुर प्रधान र महिलातर्फ रोशन कार्की विजयी भएका छन् । महामन्त्रीमा खुल्लातर्फ धवल शमशेर राणा र भुवन पाठक विजयी भएका छन् । अब केन्द्रीय सदस्यको मतपरिणाम आउन बाँकी छ ।

सम्बन्धित

















बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
प्रतिक्रिया