आइतबार, वैशाख ६, २०८३

नवनिर्वाचित अध्यक्ष लिङ्देनले भने-आजबाट पार्टीमा कुनै गुट हुन्न

मेरोन्यूज २०७८ मंसिर १९ गते ११:४८

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा गुट अन्त्य हुने बताएका छन् । अध्यक्षमा विजयी भएपछि कार्यकर्ताहरुलाई सम्बोधन गर्दै लिङ्देनले आजबाट पार्टीमा कुनै गुट नहुने बताएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

उनले भने, ‘आन्तरिक प्रतिस्पर्धामा हिजोसम्म जे भयो–भयो, अब आजबाट हामी सबै एक छौं । कोही कुनै पक्षका छैनौं । आजबाट कुनै गुट छैन । कोही कसैको मान्छे छैन । यो विजयको, नेतृत्व परिवर्तनको अनेक आयाम र उपलब्धि छन् । सबैभन्दा ठूलो उपलब्धि भनेको हिजो हामी एउटा नेताको मान्छे भएर पार्टीको कार्यक्रममा जान्थ्यौं । आजबाट हामी राप्रपाको मान्छे भएर जाने छौं ।’

उनले आफूले बोलेका कुरालाई व्यवहारमा देखाउने बताए । यस्तै लिङ्देनले उनले आफ्नो विजयमा जुलुश ननिकाल्न र माला नलगाउन आग्रह गरेका छन् । उनले पार्टीको आन्तरिक प्रतिस्पर्धा भएकाले विजय जुलुस ननिकाल्न र माला नलगाउन आग्रह गरे ।

प्रतिक्रिया