आइतबार, वैशाख ६, २०८३

कांग्रेस महाधिवेशन : १६० निर्वाचन क्षेत्रको अधिवेशन सकियो

मेरोन्यूज २०७८ मंसिर १९ गते १४:२५

काठमाडौं । नेपाली कांग्रेसको १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc


निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सर्लाहीका चार र सप्तरी एक निर्वाचन क्षेत्रबाहेक सम्पूर्ण निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको बताए ।

उनले भने ‘सर्लाहीको चार निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गर्नका लागि नयाँ निर्वाचन अधिकृत खटाइसकेका छौँ, सप्तरी निर्वाचन क्षेत्र नं ४ मा आज निर्वाचन हुँदैछ ।’
महोत्तरी क्षेत्र नं ४ को अधिवेशन सम्पन्न भइसकेको तर निर्वाचनको नतिजाका क्रममा केही विवाद रहेकाले त्यस स्थानको निर्णय गर्न बाँकी रहेको रहेको समेत उनले जानकारी दिए ।

कांग्रेस महाधिवेशनका लागि ६३ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भइसकेको समेत उनले बताए ।


हाल सात प्रदेशमध्ये छ प्रदेशको अधिवेशन सुरु भइसकेको छ । भने गण्डकी,सुदूरपश्चिम र कर्णाली प्रदेशको नतिजा समेत आइसकेको छ । प्रदेश नं १ र लुम्बिनी प्रदेशको मतगणना भइरहेको र बागमती प्रदेशको सभापति पदमा कुनै पनि उम्मेद्वारले ५० प्रतिशत नकटाएकाले पुनः मतदान जारी छ ।


कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी मङ्सिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौँमा हुँदैछ ।

प्रतिक्रिया