कांग्रेस महोत्तरी ३ को निर्वाचन बदर
मतदान अधिकृतलाई अपहरण गरी हस्ताक्षर गर्न लगाएको दाबी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महोत्तरी क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशनमा वितरण गरिएका सम्पूर्ण प्रमाणपत्र रद्द गरिएको छ ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले यसअघि वितरण गरिएको सबै प्रमाणपत्रहरूलाई रद्द गरी क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको निर्वाचन तत्काल गर्न निर्देशन दिइएको जानकारी दिए ।
श्रेष्ठका अनुसार जिल्ला निर्वाचन अधिकृत इन्द्रबहादुर अधिकारीले समितिमा प्रस्तुत गरेको प्रतिवेदनलाई मध्यनजर गरी महोत्तरी क्षेत्र नम्बर ३ को क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यलाई वितरण गरिएको प्रमाणपत्र रद्द गरिएको छ ।
क्षेत्र नम्बर ३ मा निर्वाचन गराउन खटिएका मतदान अधिकृत धीरेन्द्र मण्डलले आफूलाई अपहरण गरी जबरजस्ती प्रमाणपत्रमा हस्ताक्षर गराउन लगाइएको भन्दै मान्यता नदिन जिल्ला निर्वाचन समितिसँग आग्रह गरेका थिए ।
प्रक्रिया नै पूरा नगरी मतदान अधिकृतलाई बन्धक बनाइ जबरजस्ती प्रमाणपत्र बाँडिएको भन्दै क्षेत्र नम्बर ३ का अधिकांश काँग्रेस कार्यकर्ताले अधिवेशन नमान्ने बताएका थिए ।


















गोरखाका सामुदायिक विद्यालयहरु भोलिबाट खुल्ने
बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
प्रतिक्रिया