सुदूरपश्चिममा कम्युनिष्ट बढेकोमा बलायर चिन्तित

कैलाली । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित अध्यक्ष वीरबहादुर बलायरले सुदूरपश्चिममा बढेको कम्युनिष्ट बढेको चिन्ता ब्यक्त गरेका छन् ।
कांग्रेस सूप प्रदेश सभापतिमा निर्वाचित भएपछि सञ्चारकर्मीसँग धारणा राख्दै उनले सुदूरपश्चिममा कम्युनिष्टको बढेकै कारण कांग्रेस चेपुवामा परेको गुनासो गरे ।
‘काँग्रेस निरिह छ, काँग्रेसीहरुले कुनै गल्ती गरेको छैनन् तर हाम्रो गल्तीले सजाय दिने मानिस काँग्रेस हुन सक्दैनन् ।’ –उनले भने ।
कांग्रेस सभापति बलायरले पार्टीमा अब गुट–उपगुट नभनिन सबैलाई मिलाएर लैजाने प्रतिवद्धता पनि जनाएका छन् ।
‘यो लोकतात्रिक पार्टी भएकाले निर्वाचनमा लोकतात्रिक अभ्यास गरेका हौं,’ उनले भने, ‘यसमा कुनै तुस लिएर हिड्नुको अर्थ छैन ।’
काँग्रेसका माध्यबाट हामीले नेपाली जनताको भविश्य र नेपाल राष्ट्रको भविश्य खोजनुपर्ने उनले बताए ।
कम्यूनिष्टको सरकारले सुदूरपश्चिमका योजनाहरु मुख्य प्राथमिकतामा राखेर केन्द्रदेखि प्रदेशसम्म समेटन नसकेको उनले आरोप लगाए ।
कम्यूनिष्टले नेपालको सविधान दिन नसकेको परिस्थितिमा कांग्रेसले २०७० को निर्वाचनमा बहुमत नल्याए पनि पहिलो पार्टी भएको र त्यसको नेतृत्वमा काँग्रेसले नेपालको संविधान जारी गरेको उनले बताए ।
सत्तरीको निर्वाचनमा काँग्रेस पराजित भएपनि सविधानको विजय भएको उनको भनाई थियो ।

















बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया