देशभर थप २६५ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु
मेरोन्यूज
२०७८ मंसिर २० गते १६:२१

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २६५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
विभिन्न प्रयोगशालामा ७ हजार ११४ जनाको पीसीआर र १ हजार ५ सय ३ जनाको एन्टीजेन विधिबाट नमुना परीक्षण गर्दा २६५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टाको अवधिमा थप दुईजनाको कोभिड संक्रमणका कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । अहिलेसम्म कूल मृत्यु हुने संख्या ११ हजार ५४३ छ ।
मन्त्रालयकाअनुसार, सोही अवधिमा देशभरबाट ३५७ जना संक्रमणमुक्त भएका छन् ।
हाल नेपालमा सक्रिय संक्रमित संख्या ६ हजार ३८६ रहेको छ ।
अहिलेसम्म १ लाख ६६ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
यस्तै, काठमाडौं जिल्लामा सोमबार ७९ जना, भक्तपुरमा १० जना र ललितपुरमा २३ जना संक्रमित थपिएका छन् ।
सम्बन्धित
















आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय
खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन
नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया