सोमबार, पुष २८, २०८२

देशभर थप २६५ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

मेरोन्यूज २०७८ मंसिर २० गते १६:२१

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २६५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

विभिन्न प्रयोगशालामा ७ हजार ११४ जनाको पीसीआर र १ हजार ५ सय ३ जनाको एन्टीजेन विधिबाट नमुना परीक्षण गर्दा २६५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टाको अवधिमा थप दुईजनाको कोभिड संक्रमणका कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । अहिलेसम्म कूल मृत्यु हुने संख्या ११ हजार ५४३ छ ।

मन्त्रालयकाअनुसार, सोही अवधिमा देशभरबाट ३५७ जना संक्रमणमुक्त भएका छन् ।

हाल नेपालमा सक्रिय संक्रमित संख्या ६ हजार ३८६ रहेको छ ।

अहिलेसम्म १ लाख ६६ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यस्तै, काठमाडौं जिल्लामा सोमबार ७९ जना, भक्तपुरमा १० जना र ललितपुरमा २३ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया